आइतबार, असोज ६ गते २०८१    
images
images

७ महिनामै भित्रियो साढे ८ करोडका ४१ हजार वटा इन्डक्सन चुलो

images
शनिबार, चैत ५ २०७८
images
images
७ महिनामै  भित्रियो साढे ८ करोडका ४१ हजार वटा इन्डक्सन चुलो

चालु आर्थिक वर्षकै ७ महिनामा नेपालले भारत तथा तेस्रोत मुलुकबाट २५ करोड ३१ लाख ४९ हजार रुपैयाँ बराबरको विद्युतीय राइस कुकर आयात गरेको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको ७ महिना (साउनदेखि माघ)मै नेपालले भारत तथा तेस्रो मुलुकबाट साढे ८ करोड रुपैयाँ भन्दा बढीको इन्डक्सन चुलो आयात गरेको छ।

images
images
images

भन्सार विभागका अनुसार ७ महिनामा नेपालले सबैभन्दा बढी चीनबाट इन्डक्सन चुलो आयात गरेको छ।  विभाग अनुसार ७ महिनामा कुल ४१ हजार ०६ वटा इन्डक्सन चुलो नेपाल भित्रिएको छ।

जसमा सबैभन्दा बढी चीनबाट मात्रै ३७ हजार ८ सय ९ वटा इन्डक्सन आयात भएको छ। यसैगरी भारतबाट ३ हजार ४५ पिस र इन्डोनेसियाबाट ६ वटा इन्डक्सन आयात भएको छ। 

७ महिनामा इन्डक्सन आयातमा नेपालबाट कुल ८ करोड ५९ लाख ४३ हजार रुपैयाँ बाहिरिएको छ। इन्डक्सन चुलो आयात गर्दा सरकारले १ करोड २१ लाख ६३ हजार रुपैयाँ बराबरको राजस्व समेत संकलन गरेको छ। 

images

नेपालले आर्थिक वर्ष २०७७/०७८ मा भने १ लाख ५४ हजार ९ सय ८८ वटा इन्डक्स आयात गरेको थियो।

२५ करोड ३१ लाख रुपैयाँ बराबरको राइसकुकर

चालु आर्थिक वर्षकै ७ महिनामा नेपालले भारत तथा तेस्रोत मुलुकबाट २५ करोड ३१ लाख ४९ हजार रुपैयाँ बराबरको विद्युतीय राइस कुकर आयात गरेको छ।

भन्सार विभागका अनुसार ७ महिनामा नेपालले १ लाख ९७ हजार  १ सय ८३ थान राइसकुकर आयात गरेको हो। राइस कुकर आयातमा नेपालबाट २५ करोड ३१ लाख ४९ हजार रुपैयाँ बाहिरिएको छ।

राइस कुकर आयातबाट सरकारले ६ करोड १४ लाख ९७ हजार बरारबर राजस्व समेत संकलन गरेको छ। आर्थिक वर्ष २०७७/०७८ मा नेपालले ४ लाख ४२ हजार  ६८ थान राइस कुकर आयात गरेको थियो। 

७ महिनामा साढे २२ हजार वटा माइक्रोओभन

यसैगरी चालु आर्थिक वर्षको ७ महिनामै नेपालले विद्युतबाट चल्ने २२ हजार ५ सय ३९ थान माइक्रोओभन आयात गरेको छ।

ओभन आयातमा नेपालबाट २३ करोड २१ लाख ५७ हजार रुपैयाँ बाहिरिएको छ। ओभन आयातबाट सरकारले ५ करोड ३० लाख ८८ हजार रुपैयाँ राजस्व समेत संकलन गरेको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा भने नेपालले ३२ हजार ६ सय १५ थान  माइक्रोओभन आयात गरेको थियो।


प्रकाशित : शनिबार, चैत ५ २०७८११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend