बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

ड्राफ्ट र टीटी मार्फत भारतमा हुने भुक्तानीको सीमा अरुण तेस्रोलाई लागू नहुने 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ४ २०७८
ड्राफ्ट र टीटी मार्फत भारतमा हुने भुक्तानीको सीमा अरुण तेस्रोलाई लागू नहुने 

तर अरुणका हकमा यो सीमा लागू नहुने भएको छ। 

काठमाडौं- ड्राफ्ट र टीटी मार्फत् भारतमा हुने भुक्तानीका लागि सटही सुविधा दिने वर्तमान व्यवस्थाबाट अरुण तेस्रो जलिविद्युत आयोजनाका लागि फरक व्यवस्था गरिएको छ। 

नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै अरुण तेस्रोका लागि अरु व्यापारमा हुने भुक्तानीको सीमा लागू नहुने व्यवस्था भएको सूचना जारी गरेको छ। 

अरुण तेस्रोको विकासकर्ता कम्पनीले विभिन्न प्रायोजका लागि भारतमा भुक्तानी गर्नुपर्दा सीमा छुट पाएको हो। एकिकृत निर्देशिकामा भारतमा ड्राफ्ट र टीटी मार्फत् ३ करोडसम्मको मात्र सटही सुविधा पाइन्छ। 

तर अरुणका हकमा यो सीमा लागू नहुने भएको छ। 

सम्झौतापत्रमा उल्लेखित रकमको सीमाभित्र रहेरमात्र दिन सकिने भएपनि प्रति बिल २० करोडसम्मको सटही सुविधा अरुण तेस्रोले पाउने छ। 

 

 

 

 

 


प्रकाशित : शुक्रबार, चैत ४ २०७८०८:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend