बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

बैंकको ब्याजदर नियन्त्रण गर्ने अर्थमन्त्री शर्माको घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ४ २०७८
बैंकको ब्याजदर नियन्त्रण गर्ने अर्थमन्त्री शर्माको घोषणा

अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य श्रृङ्खलाका कारण मुलुकको शोधानान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको अर्थमन्त्रीको धारणा छ।

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन्।

ललितपुर उद्योग वाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफूले पहल थालिरहेको बताए।

‘बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ। अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सिमा निर्धारण भई व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु’ उनले भने, ‘राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी राख्न हुँदैन पनि भनेको छु ।’

उनले चाँडै बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यममार्गी बाटो अपनाई समस्या समाधान गर्ने विश्वास दिलाए।

त्यस्तै उनले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य श्रृङ्खलाका कारण मुलुकको शोधानान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको बताउँदै विस्तारै सुधार भइरहेको बताए।

‘शोधानान्तर स्थितिमा सुधार हुँदैछ। हामी तरलता समस्या समाधान गर्ने दिशामा पनि अघि बढेका छौँ’ उनले भने। उनले ४७ वस्तुको आयातमा मार्जिन लगाएपछि कूल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउने जानकारी दिए।


प्रकाशित : शुक्रबार, चैत ४ २०७८०७:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend