बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

मतदाता परिचय पत्र छपाइका लागि मागियो २९ कम्पनीसँग दररेट

शुक्रबार, चैत ४ २०७८
मतदाता परिचय पत्र छपाइका लागि मागियो २९ कम्पनीसँग दररेट

आयोगले फागुन ३ गते १० दिनभित्रै सम्झौता गर्ने गरी सर्टलिस्टमा परेका कम्पनीहरूसँग दररेट मागेको हो।

काठमाडौं- निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदाता परिचय पत्र छपाइको लागि प्रक्रिया सुरु गरेको छ। आयोगले छपाइका लागि भन्दै सर्टलिस्ट गरेको २९ वटा कम्पनीसँग मतदाता परिचय पत्र छपाइका लागि दररेट मागेको छ।

आयोगले फागुन ३ गते १० दिनभित्रै सम्झौता गर्ने गरी सर्टलिस्टमा परेका कम्पनीहरूसँग दररेट मागेको हो। आयोगले ५ लाख धरौटी रकम राखेर दररेट पेस गर्न भनेको हो।

matpatra.jpg

आयोगले स्थानीय तहको निर्वाचन २०७९ का लागि नयाँ थप भएका मतदाता र  हराएका मतदाता परिचय पत्र छपाइका लागि सर्टलिस्टमा परेका २९ वटा कम्पनीसँग दररेट मागेको हो। आयोगले ३५ लाख भन्दा बढी मतदाता परिचय पत्र छपाइ हुने अनुमान गरेको छ।

आयोगले मतदाता परिचय पत्र, निर्वाचन शिक्षण सामग्री लगायत निर्वाचनका क्रममा आवश्यक छपाइका कामकै लागि भन्दै २०७४ सालमा ३ थान प्रिन्टिङ मेसिन खरिद गरेको थियो।

निर्वाचन आयोगले २०७४को स्थानीय तहको निर्वाचन पहिलो चरण (वैशाख) र दोस्रो चरणको  निर्वाचन ( जेठ) मा ओम्नीसँग ९ रुपैयाँ ९९ पैसामा प्रतिथान मतदाता परिचय पत्र छपाइ गरेको थियो।

तर आयोगका तत्कालिन पदाधिकारीहरूले ओक्नीसँग नै विना प्रतिस्पर्धा पुरानो ३ वटा मेसिन खरिद गरेका थिए। आयोगले मत्रपत्र बाहेकका सबै प्रकारको छपाइका कामका लागि भन्दै ओम्नीसँग हाइ स्पिड डिजिटल कलर प्रिन्टर मेसिन १० करोड ५५ लाख ४० हजारमा १ थान र छाड स्प्रिङ्ग डिजिटल मोनोक्रोम ११ करोड २८ लाख मूल्यको २ थानसमेत २१ करोड ८३ लाख ४० हजारमा मिसन खरिद गरेको थिए।

तर मेसिन खरिद भएको केही महिना पछि नै आयोगले मेसिन प्रयोग नगरी ओम्नीसँग नै १३ रुपैया ५० पैसामा मतदाता परिचय पत्र छपाइ गरेको थियो। त्यसपछि केन्द्र र प्रदेश निर्वाचन २०७४ मंसिरमा समेत आयोगले ओम्नीसँग नै १३ रुपैयाँ ५० पैसामा मतदाता परिचय पत्र छपाइ गरेको थियो।

तर आयोगले अहिलेसम्म मेसिन प्रयोगमा ल्याएको छैन। मेसिनको प्रयोग नभएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत विवरण मागिसकेको छ। 

यसैगरी आयोगले निर्वाचन शिक्षण सामग्री,  निर्वाचन आचार संहिता, निर्वाचनमा आवश्यक कार्ड छपाइका लागि समेत दररेट मागेको छ। 


प्रकाशित : शुक्रबार, चैत ४ २०७८०६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend