बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

चितवनमा शक्तिखोर-मझिमटार र इलाममा सुनमाइ-राजदुवाली सुरुङ बनाउने प्रक्रिया सुरु

शुक्रबार, चैत ४ २०७८
चितवनमा शक्तिखोर-मझिमटार र इलाममा सुनमाइ-राजदुवाली सुरुङ बनाउने प्रक्रिया सुरु

परामर्शका लागि इच्छुक कम्पनीहरुले चैत २० गतेभित्र आयुस पेश गर्नु पर्नेछ।

काठमाडौं- सडक विभागले दुईवटा सुरुङ मार्ग बनाउने प्रक्रिया अघिबढाएको छ। विभागले चितवनको शक्तिखोर-मझिमटार र इलामको सुनमाइ राजदुवालीमा सडक सुरुङ बनाउनका लागि परामर्शदाता छनोटका लागि सूचना प्रकाशित गरेको छ। 

सडक विभाग अन्तर्गतको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले शुक्रबार दुई सडक सुरुङ निर्माणका लागि परामर्शदाता छनोटका गर्न इच्छुक कम्पनीसँग आसय माग गरेको हो। 

परामर्शका लागि इच्छुक कम्पनीहरुले चैत २० गतेभित्र आयुस पेश गर्नु पर्नेछ। सडक विभागले देशका विभिन्न सडकमा सहज आवागमनका लागि सुरुङ मार्ग निर्माणलाई तीब्रता दिएको छ। 

नेपालको पहिलो सडक सुरुङ मार्ग नागढुंगा नौबिसे सुरुङ मार्ग निर्माणाधीन अवस्थामा छ। उक्त सुरुङमार्गको भौतिक प्रगति करिब ३५ प्रतिशत पुगेको छ। अन्य सडकको सुरुङ मार्ग निर्माणका लागि प्ररम्भिक तयारीकै काम भइरहेको छ। 


प्रकाशित : शुक्रबार, चैत ४ २०७८०६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend