बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

२५ करोडका तीनवटा मेसिन थन्क्याएर निर्वाचन सामग्री छाप्न २९ कम्पनी सर्टलिस्ट

शुक्रबार, चैत ४ २०७८
२५ करोडका तीनवटा मेसिन थन्क्याएर निर्वाचन सामग्री छाप्न २९ कम्पनी सर्टलिस्ट

आयोगले मतदाता परिचय पत्र, निर्वाचन आचारसंहिता, निर्वाचनमा खटिने कर्मचारीको कार्ड र निर्वाचन शिक्षण सामग्री छपाइ यिनै कम्पनीहरूबाट प्रतिस्पर्धा गराएर प्रिन्ट गर्ने छ।

काठमाडौं- निर्वाचन आयोगले निर्वाचन सामग्री प्रिन्ट गर्न २०७४ साउनमा खरिद गरेको तीनवटा मेसिन थन्क्याएर स्थानीय तहको निर्वाचन २०७९ को लागि निर्वाचन सामग्री प्रिन्ट तथा छपाइका लागि भन्दै २९ वटा कम्पनी सर्टलिस्ट गरेको छ।

आयोगले २०७४ साउनमा ओम्नीसँग बिनाप्रतिस्पर्धा तीनवटा मेसिन खरिद गरेको थियो। २०७४ सालको बैशाख ३१ गते पहिलो चरणको र जेठमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि निर्वाचन आयोगले बिनाप्रस्तिस्पर्धा खरिद गरेका तीनवटा मेसिन अहिलेसम्म प्रयोगमा आउन सकेको छैन।

आयोगले २०७४ साउनमा हाई स्पिड डिजिटल कलर प्रिन्टर मेसिन १ थान र छाड स्प्रिङ्ग डिजिटल मोनोक्रोम (श्याम स्वेत प्रिन्टरण) २ थानसमेत २४ करोड ५३ लाख ९ हजारमा मेसिन खरिद गरेको थियो।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन सम्बन्धित सामग्री छपाइका लागि छापाखाना छनोट प्रक्रिया फागुन २२ गतेबाट सुरु भएको थियो। 

निर्वाचन सामग्री छपाइका लागि भन्दै २०७४ साउनमा २५ करोड रुपैयाँमा ओम्नीसँग खरिद गरिएको मेसिन काम नलाग्ने निष्कर्षसहित आयोगले छापाखाना सूचीकृतका लागि भन्दै सूचना प्रकाशित गरेको थियो। सोही सूचनाको आधारमा आयोगले २९ वटा कम्पनी छनोट गरेको छ। सोही अनुसार आयोगले २९ वटा कम्पनी सर्टलिस्ट गरेको हो। 

सर्टलिस्टमा परेका छापाखाना

chhapai.jpg

अब आयोगले मतदाता परिचय पत्र, निर्वाचन आचारसंहिता, निर्वाचनमा खटिने कर्मचारीको कार्ड र निर्वाचन शिक्षण सामग्री छपाइ यिनै कम्पनीहरूबाट प्रतिस्पर्धा गराएर प्रिन्ट गर्ने छ।

आयोगले नयाँ थप भएका मतदाताको मतदाता परिचय पत्र, निर्वाचन शिक्षण सामग्री तथा अन्य निर्वाचनसम्बन्धि छपाइको काममा लागि भन्दै छापाखाना सूचीकृतिका लागि टेन्डर गरेको थियो। 


प्रकाशित : शुक्रबार, चैत ४ २०७८०५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend