काठमाडौं- बिहीबारजस्तै आज शुक्रबार पनि सुनको कारोबार प्रतितोला ९९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार पनि सुन तोलामा ९९ हजार ८ सयले कारोबार भएको थियो। बुधबार भने सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य भने घटेको छ। बिहीबार १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १३ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।