बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच गराउनेले कन्टेनरमा 'जीपीएस लक' लगाउनुपर्ने 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ४ २०७८
चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच गराउनेले कन्टेनरमा 'जीपीएस लक' लगाउनुपर्ने 

एलसी खोलेर आयात गरिएका र घोषणा बमोजिमका मालवस्तु आयात भएका कन्टेनरले मात्र यस्तो अनुमति पाउने छन्। 

काठमाडौं- काठमाडौंको चोभारमा रहेको सुक्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी भइरहेको छ। भौतिक पूर्वाधार निर्माणको काम करिब सकिएको बन्दरगाहमा प्रशासनिक तयारी पनि तीव्र भइरहेको छ। 

भन्सार कार्यालको दरबन्दी सिर्जनादेखि कानूनी व्यवस्थासम्मका तयारी अहिले तीव्र भइरहेको छ। 

चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि महत्वपूर्ण मानिएको भन्सार जाँचपास सम्बन्धि अनुमति सम्बन्धी निर्ण सरकारले गरेको छ। अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सीमा नाकाबाट प्रवेश गरेका मालवस्तु लोड भएका कन्टेनर सिधै चोभारमा आउनसक्ने कार्यविधि निर्धारण गरेको छ। 

मन्त्रालयको सूचना अनुसार नेपालको सीमा नाकामा भएको भन्सार कार्यालयबाट प्रवेस गरेका कुनै पनि कन्टेनर काठमाडौंमा जाँचपास गराउनका लागि सबैभन्दा पहिले आवेदन दिनुपर्ने छ। यस्तो आवेदन अनलाइन प्रणालीबाट हुने छ। 

एलसी खोलेर आयात गरिएका र घोषणा बमोजिमका मालवस्तु आयात भएका कन्टेनरले मात्र यस्तो अनुमति पाउने छन्। 

यसरी अनुमति पाएका कन्टेनरमा सीमा बिन्दुबाट यता जीपीएस लक लागेको हुनुपर्ने छ। त्यसरी जीपीएस लकबाट भन्सार कार्यालयले उक्त कन्टेनरको अवस्थाका बारेमा नियमिति जानकारी लिने छ। 

यसरी चोभारमा जाँचपासको अनुमति लिएर बएका कन्टेनरलाई बीचमा कसैले पनि खोल्न वा हेर्न पाउने छैन। तोकिएका भन्सार अधिकृत बाहेक अरुले हेर्न पाउने छैनन्। 

चोभार बन्दरगाहमा आएका कुनै पनि कन्टेनरलाई ७२ घण्टासम्म कुनै शुल्क लाग्ने छैन। त्यसपछि भने नियम अनुसार शुल्क लाग्ने छ। 

 

 


प्रकाशित : शुक्रबार, चैत ४ २०७८०५:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend