शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

कोरोनाका कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडले सहुलियत ऋण पाउने, बोर्डमा आवेदन दिनुपर्ने 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १ २०७८
कोरोनाका कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडले सहुलियत ऋण पाउने, बोर्डमा आवेदन दिनुपर्ने 

मौद्रिक नीतिमा भएको व्यवस्थाअनुसार यो व्यवस्था कार्यान्वयन हुने भएको छ। 

काठमाडौं- कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडले सहुलियत ऋण पाउने भएका छन्। 

रोजगारीमा रहेकै समयमा कोरोना महामारीका कारण रोजगारी गुमाएका यस्ता गाइडले आत्मनिर्भर हुनका लागि व्यवसाय सञ्चालन गर्न ऋण पाउने भएका छन्। 

मौद्रिक नीतिमा भएको व्यवस्थाअनुसार यो व्यवस्था कार्यान्वयन हुने भएको छ। 

टिम्स कार्ड खरिद तथा बिक्री  गर्ने ट्रेकिङ कम्पनीमा काम गरेका गाइडले मात्र यस्तो सुविधा पाउने नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ। 

यस्तो सुविधा लिन चाहनेहरूले नेपाल पर्यटन बोर्डको वेबसाइटमा गएर सात दिनभित्र आफ्नो विवरण दर्ता गराउनुपर्ने छ। 


प्रकाशित : शुक्रबार, असोज १ २०७८०४:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend