मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
images
images
एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली

नेपाल एलपी ग्यास उद्योग संघको नयाँ नेतृत्वका लागि बिहीबार निर्वाचन हुने भनिए पनि अन्तिम समयमा सहमति भएको छ। संघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कुश प्रसाद मल्ली निर्विरोध निर्वाचित भए।

images
images

काठमाडौं- नेपाल एलपी ग्यास उद्योग संघको नयाँ नेतृत्वका लागि बिहीबार निर्वाचन हुने भनिए पनि अन्तिम समयमा सहमति भएको छ। संघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कुश प्रसाद मल्ली निर्विरोध निर्वाचित भए।

images
images
images

पूर्वअध्यक्ष सावरमल अग्रवाल र उद्योगी विजयहरि शर्मा प्रतिस्पर्धामा रहे पनि सहमतिका लागि भएको प्रयासपछि उनीहरु पछि हटे। सहमतिका लागि अध्यक्ष गोकुल भण्डारी, निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरे तथा राजेन्द्र डल्लाकोटी, जीतबहादुर कार्की र राजेन्द्र काबरा रहेको समिति गठन गरिएको थियो।

संघको विशिष्ठ सदस्यमा डल्लाकोटी चयन भए भने वरिष्ठ उपाध्यक्षका शंकर श्रेष्ठ निर्विरोध भए । उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास तथा महासचिवमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भए। कोषाध्यक्षमा धर्मराज बर्तौला र सचिवमा आशिष जाजोदिया निर्विरोध भएका हुन्।

images

संघको सदस्यमा लोकहर्ष शाक्य, बाबुराम पोख्रेल, सुनिल सिन्हा, मनोज बुढाथोकी, अच्युत नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे, राजकुमार सिन्धी लगायत चयन भएका छन्।

images


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८१६:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend