शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली

नेपाल एलपी ग्यास उद्योग संघको नयाँ नेतृत्वका लागि बिहीबार निर्वाचन हुने भनिए पनि अन्तिम समयमा सहमति भएको छ। संघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कुश प्रसाद मल्ली निर्विरोध निर्वाचित भए।

काठमाडौं- नेपाल एलपी ग्यास उद्योग संघको नयाँ नेतृत्वका लागि बिहीबार निर्वाचन हुने भनिए पनि अन्तिम समयमा सहमति भएको छ। संघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कुश प्रसाद मल्ली निर्विरोध निर्वाचित भए।

पूर्वअध्यक्ष सावरमल अग्रवाल र उद्योगी विजयहरि शर्मा प्रतिस्पर्धामा रहे पनि सहमतिका लागि भएको प्रयासपछि उनीहरु पछि हटे। सहमतिका लागि अध्यक्ष गोकुल भण्डारी, निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरे तथा राजेन्द्र डल्लाकोटी, जीतबहादुर कार्की र राजेन्द्र काबरा रहेको समिति गठन गरिएको थियो।

संघको विशिष्ठ सदस्यमा डल्लाकोटी चयन भए भने वरिष्ठ उपाध्यक्षका शंकर श्रेष्ठ निर्विरोध भए । उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास तथा महासचिवमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भए। कोषाध्यक्षमा धर्मराज बर्तौला र सचिवमा आशिष जाजोदिया निर्विरोध भएका हुन्।

संघको सदस्यमा लोकहर्ष शाक्य, बाबुराम पोख्रेल, सुनिल सिन्हा, मनोज बुढाथोकी, अच्युत नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे, राजकुमार सिन्धी लगायत चयन भएका छन्।


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८१६:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend