शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

परियोजना धितो राखेर कर्जा कसरी पाउने, महासंघले बुझायो गभर्नरलाई प्रतिवेदन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
परियोजना धितो राखेर कर्जा कसरी पाउने, महासंघले बुझायो गभर्नरलाई प्रतिवेदन

नेपाल उद्योग वाणिज्य महासंघले परियोजना धितो कर्जालाई राष्ट्र बैंकले प्राथमिकतामा राखेर कार्यान्वयन गरोस् भन्ने सुझावसहित उक्त सम्भाव्यता अध्ययनको प्रतिवेदन नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष पेश गरेको छ।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले परियोजना धितो कर्जालाई राष्ट्र बैंकले प्राथमिकतामा राखेर कार्यान्वयन गरोस् भन्ने सुझावसहित उक्त सम्भाव्यता अध्ययनको प्रतिवेदन नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष पेश गरेको छ।

महासंघले धेरै पहिलेदेखि परियोजनामा आधारित कर्जा प्रवाह गर्नु पर्ने धारणा राख्दै आएको थियो। कोभिड १९ को प्रभावले थलिएको अर्थतन्त्रको पुनरूत्थानसंगै साना मझौला उद्यम (एमएसएमई) र स्टार्ट अपको विस्तारका लागि पनि केहि ठोस काम गर्नुपर्ने आवश्यकताको आधारमा महासंघले सम्भाव्यता अध्ययन गरेको हो।

महासंघका अध्यक्ष शेखर गोल्छाले उक्त प्रतिवदेन गभर्नर महाप्रसाद अधिकारी समक्ष पेस गरेका हुन्। 

एमएसएमईहरुलाई परियोजना धितोको आधारमा कर्जा लगानी गर्दा वित्तीय संस्थाहरुलाई हुन सक्ने लगानी जोखिम न्यूनीकरण गर्ने सम्भावित संयन्त्रसहित केही महत्वपूर्ण सुझावहरु प्रतिवेदनमार्फत दिइएको उनको भनााइ छ।


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८१२:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend