शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

दुई कम्पनीको मात्रै सेयर मूल्य बढ्दा १८३ कम्पनीको घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
दुई कम्पनीको मात्रै सेयर मूल्य बढ्दा १८३ कम्पनीको घट्यो

बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएको सूचना प्रकाशित गरेपछि त्यसको नकारात्मक प्रभाव पनि सेयर बजारमा देखिएको छ।

काठमाडौं- नेप्से परिसूचक सेयर बजारमा ७६.६५ अंक घटेर २८१२.३८ बिन्दुमा झरेको छ। कारोबार भएका १८५ कम्पनीमध्ये मनकामना लघुवित्त र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाहेक सबै कम्पनी सेयर मूल्यमा भारी गिरावट आएको छ। नेप्से घटे पनि बिहीबार मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य १० प्रतिशत बढेको छ।

मनकामनाकाे सेयर मूल्य ८१.८० रुपैयाँ बढेर ८९९.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। भदौ महिनाको अन्तिम दिन बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएको सूचना प्रकाशित गरेपछि त्यसको नकारात्मक प्रभाव पनि सेयर बजारमा देखिएको छ। 

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २.६५ प्रतिशतले घटेको हो।  सेन्सेटिभ इण्डेक्स पनि १२.७३ अंकले घटेका छ। नेप्से घटे पनि कारोबार रकममा भने बुधवार भन्दा सुधार आएको छ। बुधवार ५ अर्ब ३५ करोडको सेययर कारोबार भएकोमा बिहिबार २२९ कम्पनीको ९ अर्ब ३ करोड ३९ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बिहीबार वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको ४.०८ प्रतिशत घटेको छ।

कारोबारमा आएको व्यापार, होटल तथा पर्यटन, विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको साढे ३८ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। 


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८०९:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend