शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

को हो कर्मचारी सञ्चय कोषको प्रशासक? 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
को हो कर्मचारी सञ्चय कोषको प्रशासक? 

सञ्चय कोषका अध्यक्ष तथा राजस्व सचिव कृष्णहरि पुष्करले गौतम बिदामा रहेको र आफूले आजको कार्यक्रममा पनि नदेखेको जवाफ दिए। 

काठमाडौं- कर्मचारी सञ्चय कोषले आज आफ्नो स्थापनाको ६० वर्ष मनायो। उक्त अवसरमा कोषले गोरखापत्रमा शुभकामना सन्देश प्रकाशन गरेको छ। अर्थमन्त्री, कोषका अध्यक्ष तथा राजस्व सचिव कृष्णहरि पुष्करको सन्देश छापिएको छ। 

तर कोषका तर्फबाट निमित्त प्रशासक जितेन्द्र धितालको सन्देश छापिएको छ। के अहिले कोषमा प्रशासक पद खाली हो? 

सरकारले कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमलाई बर्खास्त गरेको थियो। सरकारको निर्णय विरुद्ध गौतम अदालत गएपछि अदालतले गौतमलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा आदेश दिएको थियो। 

त्यस लगत्तै गौतमको पदको पुनर्बहाली गरेका थिए। गौतम प्रशासककै रुपमा काममा फर्किएपछि प्रमुखका रुपमा उनको सन्देश आउनुपर्ने हो तर त्यहाँ निमित्त प्रशासकको मात्र सन्देश आएको छ। 

यस बारेमा हामीले गौतमलाई जिज्ञासा राखेका थियौं। तर गौतमले आफू बिदामा रहेका कारणले गर्दा आफ्नो सन्देश नगएको हुनसक्ने बताए। 

'म अहिले बिदामा छु त्यसैले हो कि?' गौतमले बिजनेस न्युजसँग भने। 

सामान्यतया वार्षिकोत्सवको संस्थाको प्रमुख बिदामा बस्ने चलन छैन। अत्यावश्यक काम बाहेक। तर गौतम भने किन बिदामा बसे? स्रोतका अनुसार गौतमले सरकार बिरुद्ध हालेको मुद्दाको अन्तिम सुनवाई हुने पेसी तोकिएको र सो दिन अघि कार्यालय नआउने भन्दै बिदामा बसेका थिए। 

सञ्चय कोषका अध्यक्ष तथा राजस्व सचिव कृष्णहरि पुष्करले गौतम बिदामा रहेको र आफूले आजको कार्यक्रममा पनि नदेखेको जवाफ दिए। 

'उहाँ बिदामा भएकाले उहाँको सन्देश नआएको होला। मैले आजको कार्यक्रममा पनि देखिन। उहाँ आफ्नो बिदा आफै स्वीकृत गरेर जानुभएको होला' उनले भने। 

कुनै पनि दबाब वा प्रभावमा पारेर यस्तो नभएको सचिव पुष्करको भनाइ छ। 


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८०८:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend