शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

चीनसँगको व्यावसायिक हवाइ उडान अझै नियमित भएन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
चीनसँगको व्यावसायिक हवाइ उडान अझै नियमित भएन

तिवारीका अनुसार सेप्टेम्बर महिनामा १४ वटा एयरलाइन्सले उडान तालिका स्वीकृत गरेका छन्। 

काठमाडौं- कोभिडका कारण ठप्प भएको अन्तर्राष्ट्रिय उडानमा अहिले चहलपहल सुरु भएको छ। अहिले दैनिक ३० वटाभन्दा बढी अन्तर्राष्ट्रिय उडान हुन थालेका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा प्रमुख प्रतापबाबु तिवारीकाअनुसार अझै उडान थपिने क्रम जारी छ। कतिपय एयरलाइन्सले उडान संख्या बढाउनका लागि पहल गरिरहेका छन्। 

तिवारीका अनुसार उडान संख्या क्रमश बढेको छ।

भारतको नयाँ दिल्लीमा उडान संख्या बढेर हाल सातामा १० उडान सुरु भइरहेका छन्। तर अहिलेसम्म चीनसँगको नियमित उडान भने सुरु हुन सकेको छैन। चिनसँगै मलेसिया, तथा कोरिया लगायतको गन्तव्यमा अहिले पनि नियमित उडान हुने नसकेको  तिवारीले जानकारी दिए। 

तिवारीका अनुसार सेप्टेम्बर महिनामा १४ वटा एयरलाइन्सले उडान तालिका स्वीकृत गरेका छन्। 

चीनसँगको उडान अहिलेसम्म नियमित हुनसकेको छैन। हाल केही एयरलाइन्सहरूले विशेष उडानमात्र गरिरहेका छन्। चार्टर्डका रुपमा कार्गो उडान भने रोकिएका छैनन्। नेपालमा रहेका चिनियाँ नागरिक जानका लागि कुनै रोक नभएपनि सामान्य  यात्रुको आवतजावतमा सहज बनाइएको छैन। 

कोरोना संक्रमणका कारणले गर्दा कुनै देशहरूले अहिलेसम्म नियमित उडान खुकुलो नपारेको हुनसक्ने तिवारी बताउँछन्‌। 

'हामीले त उडान गर्न आउने एयरलाइन्सलाई सेवा दिने हो' तिवारीले भने। 


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८०८:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend