शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सञ्चयकोषको पैसा उत्पादनमुलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्री शर्माको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
सञ्चयकोषको पैसा उत्पादनमुलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्री शर्माको आग्रह

कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।

काठमाडौं-कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। 

कोषको ६० औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री शर्माले सञ्चयकर्ताहरुको पैंसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने जोड दिएका हुन्। उनले भने ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सृजना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ।’ उनले सञ्चयकर्ताहरुको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए। 

मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र  कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई  सञ्चयकर्ताहरुको लागि सहज वातावरण सृजना गर्नुपर्ने धारणा व्यक्त गरे। सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७\७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ।

हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ। निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ। कोषको दायित्व ४ अर्ब ६७ करोड रहेकोे छ।  

सामाजिक सुरक्षा योजनाअन्तरगत कोषले सञ्चयकर्ताहरुको लागि .७ हजार ५ सयका दरले २ पटकसम्म प्रसुती खर्च उपलब्ध गराउँछ। .यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा लाख  प्रदान गर्दछ।

सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट र ४० हजार काजक्रिया खर्च उपलब्ध गराउँछ। यसैगरी कोषले सामान्य औषधोपचारको हकमा १ लाख तथा घातक रोगको हकमा १० लाखसम्मको उपचार खर्च सोधभर्ना गर्ने गरेको छ।   

वि.सं २०१९ साल भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि वि.सं.१९९१ मा सैनिक द्रव्य कोष, वि.सं.२००१ मा निजामती प्रोभिडेण्ट फण्ड र  वि.सं.२०१७ मा सञ्चयकोष विभागको नाममा यसको काम कार्वाही संचालन गरिएको थियो।      

 


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८०७:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend