शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सञ्‍चय कोष चार खर्ब रुपैयाँको 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
सञ्‍चय कोष चार खर्ब रुपैयाँको 

कोषले जगेडा तथा बचतमा ४० अर्ब १६ करोड रुपैयाँ सञ्चित गरेको छ। कूल ४ खर्ब ४४ अर्ब ४७ करोड स्रोत भएको कोषको दायित्व ४ खर्ब ६७ अर्ब रुपैयाँ छ। 

काठमाडौं- कर्मचारी सञ्चय कोष ४ खर्बको भएको छ। ५ लाख ९८ हजार सञ्चय कोष र २४ हजार १ सय निवृत्तभरण कोषका योगदानकर्ता ३ खर्ब ९९ अर्ब ६४ करोडको कोष जम्मा भएको छ। 

पछिल्लो समय निजी क्षेत्रका कर्मचारीलाई प्रवेश रोक लगाइएपनि यसअघि निजीसमेत गरी २९ हजार २ सय कार्यालयका कर्मचारी सञ्चय कोष आवद्ध छन्। त्यस्तै निवृत्तभरण कोषमा भने ९ सय ६४ कार्यालय सूचीकृत भएका छन्। 

कोषले जगेडा तथा बचतमा ४० अर्ब १६ करोड रुपैयाँ सञ्चित गरेको छ। कूल ४ खर्ब ४४ अर्ब ४७ करोड स्रोत भएको कोषको दायित्व ४ खर्ब ६७ अर्ब रुपैयाँ छ। 

४ खर्ब ३६ अर्ब लगानी गरेको कोषले पछिल्लो समय देशका ठूला पूर्वाधारमा लगानी गर्दै आएको बताएको छ। 

कर्मचारी सञ्चय कोषले जलिविद्युत  आयोजनामा लगानी बढाउँदै लिएको छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाज खरिद गर्दा ऋण लगानी गरेको कोषले अन्य ठूला र राष्ट्रिय आवश्यकताका आयोजनामा लगानी बढाउँदै जाने घोषणा गरेको छ। 

कोषमा ६.५० प्रतिशत ब्याज दिने कोषले ऋण तथा सापटीमा भने ७.६० प्रतिशतदेखि  ८ प्रतिशतसम्मको ब्याजदरमा दिंदै आएको छ। यो योगदानकर्ता लागिमात्र लागू हुने ब्याजदर हो। 

अभियानकर्ताहरूलाई सहज सेवा दिनका लागि पछिल्लो समय सूचना प्रविधिमा लगानी बढाउँदै अनलाइनमा आधारित सेवा सुविधा दिने व्यवस्था मिलाइएको कोषले जानकारी दिएको छ। 


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८०५:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend