शनिबार, साउन १२ गते २०८१    
images
images
images

कानून भन्छ- ढुकुटी लक, महालेखाले सूचना निकाल्दै भन्यो - सबै भुक्तानी दिनू

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ३० २०७८
images
images
कानून भन्छ- ढुकुटी लक, महालेखाले सूचना निकाल्दै भन्यो - सबै भुक्तानी दिनू

विनियोजन अध्यादेशको प्रतिस्थापन विधेयक संसदबाट पारित नभएसँगै सरकारको ढुकुटीमा ताला लाग्नुपर्नेमा महालेखा नियन्त्रक कार्यालयले भने सबै प्रकारका भुक्तानी खुला भएको सूचना प्रकाशित गरेको छ। महालेखा नियन्त्रक कार्यालयले बुधबार अबेर सूचना प्रकाशित गर्दै भुक्तानी कानुनबमोजिमका सबै भुक्तानी खुला भएको जनाएको छ। 

images

काठमाडौं- विनियोजन अध्यादेशको प्रतिस्थापन विधेयक संसदबाट पारित नभएसँगै सरकारको ढुकुटीमा ताला लाग्नुपर्नेमा महालेखा नियन्त्रक कार्यालयले भने सबै प्रकारका भुक्तानी खुला भएको सूचना प्रकाशित गरेको छ। महालेखा नियन्त्रक कार्यालयले बुधबार अबेर सूचना प्रकाशित गर्दै भुक्तानी कानुनबमोजिमका सबै भुक्तानी खुला भएको जनाएको छ। 

images
images

महालेखाले चालु आर्थिक वर्षको प्रतिस्थापन विधेयक तयारी भइरहेको भन्दै भदौ २४ गते तलब भत्ता र पेन्सनबाहेक सबै भुक्तानी रोक्न भनेको थियो। तर संसदबाट प्रतिस्थापन विधेयक पारित नभएर सरकार खर्च गर्न नपाउने संवैधानिक बन्देजमा परेको बेला महालेखाले भने सबै प्रकारका भुक्तानी फुकुवा गरिदिएको हो। 

images

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले आफूलाई सूचना बारे कुनै जानकारी नभएको बताए। 'मलाई पनि सूचना के छ थाहा छैन', उनले भने। 

महालेखा नियन्त्रक कार्यालयको सूचनामा कहिलेसम्म भुक्तानी दिने भन्ने समय तोकिएको छैन। तर महालेखा नियन्त्रक सुमनराज अर्यालले भने राति १२ बजेपछि ढुकुटी बन्द हुने दाबी गरे। 

images

संसदमा करिब ६० प्रतिशत बहुमत प्राप्त सरकारले संसदबाट प्रतिस्थापन विधेयक संसदबाट पारित गर्न नसकेका कारण ढुकुटीमा ताला लाग्ने अवस्था आएको छ। संविधानको धारा ११८ को व्यवस्थाअनुसारका संघीय सञ्चित कोषमाथि दायित्व हुने क्षेत्रका भुक्तानीमा भने विनियोजन विधेयक पारित नभए पनि अफ्ठ्यारो पर्दैन।

यस्तो छ महालेखाको सूचना

mahalekha patra.jpg

यो पनि -

सरकारको खर्चमा संवैधानिक बन्देज तर यी ११ शीर्षकमा खर्चका लागि भने बाटो खुला

बजेट प्रणालीको ७० वर्षे इतिहासमा संवैधानिकरूपमा सरकार खर्च गर्न नसक्ने अवस्थामा



प्रकाशित : बुधबार, भदौ ३० २०७८१४:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend