शनिबार, साउन १२ गते २०८१    
images
images
images

सरकारको खर्चमा संवैधानिक बन्देज तर यी ११ शीर्षकमा खर्चका लागि भने बाटो खुला

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २९ २०७८
images
images
सरकारको खर्चमा संवैधानिक बन्देज तर यी ११ शीर्षकमा खर्चका लागि भने बाटो खुला

संसदबाट बजेट पास नभएपछि सरकारले गर्ने खर्चमा बन्देज लागेको छ। तर संविधानले नै केही क्षेत्रको खर्चमा बन्देज नलगाएकाले ती क्षेत्रको खर्च भने खुल्नेछ। 

images

काठमाडौं- संसदबाट बजेट पास नभएपछि सरकारले गर्ने खर्चमा बन्देज लागेको छ। तर संविधानले नै केही क्षेत्रको खर्चमा बन्देज नलगाएकाले ती क्षेत्रको खर्च भने खुल्नेछ। 

images
images

संविधानको धारा ११८ अनुसार केही विषयसँग सम्बन्धित खर्च संघीय सञ्चित कोषमाथि व्ययभार हुनेछ र त्यस्तो व्ययका लागि संघीय संसदको स्वीकृति आवश्यक पर्ने छैन। 

images

(क) राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधाको रकम,

(ख) नेपालको प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश र न्यायपरिषदका सदस्यलाई दिइने पारिश्रमिक तथा  सुविधाको रकम,

images

(ग) प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षलाई दिइने पारिश्रमिक तथा सुविधाको रकम,

(घ) संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई दिइने पारिश्रमिक तथा सुविधाको रकम,

(ङ) प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधाको रकम,

(च) राष्ट्रपति वा उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, न्यायपरिषद, संवैधानिक निकाय र प्रदेश प्रमुखको कार्यालयको प्रशासनिक व्यय,

(छ) नेपाल सरकारको दायित्वको ऋण सम्बन्धी व्ययभार,

(ज) नेपाल सरकारको विरुद्ध अदालतबाट भएको फैसला वा आदेश अनुसार तिर्नुपर्ने रकम, र

(झ) संघीय कानुन बमोजिम संघीय सञ्चित कोषमाथि व्ययभार हुने रकम ।


प्रकाशित : मंगलबार, भदौ २९ २०७८१४:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend