शुक्रबार, असोज ४ गते २०८१    
images
images

भूकम्पपछिको पुनःनिर्माणका बाँकी काम सम्बन्धित मन्त्रालयलाई हस्तान्तरण

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ३० २०७८
images
images
भूकम्पपछिको पुनःनिर्माणका बाँकी काम सम्बन्धित मन्त्रालयलाई हस्तान्तरण

भूकम्पपछिको पुनःनिर्माणका बाँकी काम सम्बन्धित मन्त्रालय एवं विभागलाई हस्तान्तरण सुरु भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको भदौ ९ गतेको निर्णयानुसार हस्तान्तरण बुधबारदेखि सुरु भएको हो।

images
images

काठमाडौं- भूकम्पपछिको पुनःनिर्माणका बाँकी काम सम्बन्धित मन्त्रालय एवं विभागलाई हस्तान्तरण सुरु भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको भदौ ९ गतेको निर्णयानुसार हस्तान्तरण बुधबारदेखि सुरु भएको हो।

images
images
images

प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापनसहितका पुनःनिर्माणसम्बन्धी बाँकी काम सहरी विकास मन्त्रालय र सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ। सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)मार्फत सञ्चालित सम्पदा एवं गुम्बाको पुनःनिर्माणसम्बन्धी काम पनि सहरी विकास मन्त्रालय मातहत नै हस्तान्तरण भएको छ। 

शैक्षिक संस्थाको पुनःनिर्माणसम्बन्धी काम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गर्ने गरी जिम्मेवारी दिइएको छ। पुरातात्विक सम्पदा (निर्माण सुरु नभएका १०० वर्षभन्दा पुराना गुम्बासमेत) को पुनःनिर्माण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभागबाट हुने गरी हस्तान्तरणको तयारी छ। सडक तथा पुल एवं केही गुम्बाको काम पनि गुम्बा व्यवस्थापन समितिको समन्वयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय÷स्थानीय पूर्वाधार विभागबाट हुने गरी हस्तान्तरण भएको छ। 

हस्तान्तरण गर्न बुधबार आयोजित कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हस्तान्तरण भएका पुनःनिर्माणका बाँकी काम सम्बन्धित निकायले निष्कर्षमा पु¥याउने बताए। सम्बन्धित कार्यालयलाई समग्र संरचना नै हस्तान्तरण गरिएको उनले सुनाए। हस्तान्तरणपछि सम्बन्धित निकायलाई सबल बनाउन पनि प्राधिकरणले काम गर्ने छ। हस्तान्तरण भएका कार्यक्रमको कानूनी र नीतिगत आधार पनि प्राधिकरणले नै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

images

धरहरा र सिंहदरबार पुनःनिर्माणको काम भने आगामी पुस ९ गतेसम्ममा प्राधिकरणले सक्ने भएको छ। भूकम्पपछिको पुनःनिर्माणका क्रममा विकास भएको सुरक्षित घरको प्रविधि पनि जनतामा हस्तान्तरण भएको छ। निजी आवास पुनःनिर्माणका क्रममा २५० अर्ब जनतामा बैंकिङ प्रणालीमार्फत गएको छ। 

प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले पुनःनिर्माणका अधिकांश काम सकिएको बताए। भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी ऐनले तोकेको समय आगामी पुस ९ गते सकिने भएकाले बाँकी काम सम्बन्धित मन्त्रालय र विभागलाई हस्तान्तरण गरिएको उनको भनाइ थियो। 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले स्थानीय पूर्वाधार विभागलाई सुम्पिएको काम समयमै सक्ने प्रतिबद्धता जनाउँदै जनशक्ति एउटा मन्त्रालय र काम अर्को मन्त्रालयमा नपार्न प्राधिकरणको ध्यानाकर्षण गराए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शैक्षिक संस्थाको पुनःनिर्माण समय सक्ने गरी काम अघि बढाउन प्रतिबद्धता जनाए। 

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले निजी आवास पुनःनिर्माण प्राथमिकताका आधारमा आगामी मङ्सिरसम्म सम्पन्न गर्ने गरी तयारी भएको बताए। ऐनले तोकेअनुसार प्राधिकरणको कार्यकाल आगामी पुस ९ गते सकिँदैछ। भूकम्पपछिको पुनःनिर्माणका क्रममा भएका उपलब्धिका बारेमा आगामी मङ्सिर २१ गतेदेखि अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्ने प्राधिकरणको तयारी छ।

सम्मेलनमा पुनःनिर्माणका क्रममा सिकेका कुरा, भएका उपलब्धिलगायत विषयमा कार्यपत्र प्रस्तुतिको तयारी भइरहेको छ। सहरी क्षेत्र विशेषगरी काठमाडौं उपत्यकाको निजी आवास र पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माणमा ढिलाइ भएको गुनासो छ। रासस


प्रकाशित : बुधबार, भदौ ३० २०७८१३:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend