शुक्रबार, जेठ ४ गते २०८१    
images
images

नाडासँगको भेटमा अर्थमन्त्रीले भने- सरकारबाट भएको कमजोरी सच्याउन तयार छौं 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ३० २०७८
images
images
नाडासँगको भेटमा अर्थमन्त्रीले भने- सरकारबाट भएको कमजोरी सच्याउन तयार छौं 

एसेम्बल कति पाटर्समा आउनु पर्ने हो, कुन पार्टस एसम्बलिङ हो, सरकारले त्यसको स्पष्ट वर्गीकरण गर्नु पर्ने उनको भनाइ छ। सो छलफलमा चौधरीले नेपालमा गुणस्तरिय लुव्रिकेण्टसको आयात र उत्पादनका लागि सरकारले सोही अनुरुप नीति ल्याउनु पर्ने आग्रह गरे। 

images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रतिस्थापन विधेयकले अटोमोबाइल क्षेत्रमा पारेको प्रभाव बारे अर्थ मन्त्रीलाई जानकारी गराएको छ। बुधबार अर्थमन्त्रीलाई भेटी नाडाले यस्तो जानकारी गराएको हो। 

images
images
images

नाडाका उपाध्यक्ष करण चौधरीले एसेम्बल गरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३ र ८७.११ मा पर्ने सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तःशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले स्वागत गरेको बताए। 

images

एसेम्बल कति पाटर्समा आउनु पर्ने हो, कुन पार्टस एसम्बलिङ हो, सरकारले त्यसको स्पष्ट वर्गीकरण गर्नु पर्ने उनको भनाइ छ। सो छलफलमा चौधरीले नेपालमा गुणस्तरिय लुव्रिकेण्टसको आयात र उत्पादनका लागि सरकारले सोही अनुरुप नीति ल्याउनु पर्ने आग्रह गरे। 

images
images

सरकारले अनधिकृत स्पेयर पार्टसको आयात रोक्न आधिकारिक व्यवसायलाई प्रोत्साहित गर्नु पर्नेमा उनले जोड दिए। नेपालको उद्योग व्यवसायको प्रवद्र्धनका लागि नीतिमा स्थिरता हुनु पर्ने भन्दै त्यस किसिमको नीति निर्माण गर्दा सरकारले नाडालाई पनि एउटा मुख्य स्टेकहोल्डरको रुपमा लिनु पर्ने उनले बताए। 

images
images

छलफलमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले नेपालमा १ सय ६० सीसीसम्मका मोटरसाइकलहरु दुई तिहाईको सख्यामा विक्री हुने बताउँदै अहिलेको सेगमेन्ट परिवर्तनले मोटरसाइकल प्रयोगकर्ताहरुमा आर्थिक भार थपिएको बताए। 

सरकारले गरेको वर्तमान सेगमेन्टलाई पहिले कै अवस्थामा ल्याउदा सबैलाई सहज हुने उल्लेख गरे। त्यस्तै दुगड ब्रदर्श एण्ड सन्सका प्रबन्ध निर्देशक विवेक दुगडले सरकारले २ सय ५० सीसीभन्दा माथिका मोटरसाइकललाई हेवी सवारीसाधन मानेको तर नेपालको पहाडी धराटलिय अवस्थितिका कारण र पर्यटन प्रवद्र्धनका लागि उच्च सीसीका मोटरसाइकल आवश्यक पर्ने बताए। 

सो छलफलमा अर्थ मन्त्री जनार्दन शर्माले सरकारले नेपालमा उद्योगको उत्थानका लागि उच्च प्राथमिकता दिएको उल्लेख गरे। सोही अनुरुपका नीतिहरु ल्याइएको बताए। 

यसबाट थप रोजगारी मात्र सिर्जना हुने नभई दक्ष जनसक्ती पनि तयार हुने, लगानी र उत्पादन पनि बढ्ने दाबी गरे। 

उद्योग व्यवसाय क्षेत्रकोे समस्या समाधानका लागि सरकारले कर पूनरावलोकन आयोग समेत गठन गर्न लागेको मन्त्री शर्माले बताए। सरकारबाट कहाँ–कहाँ कमजोरी भए त्यसको समेत समाधान गरिने उनको भनाइ छ। 

सो छलफलमा नाडाका सचिव अनुप बराल, केन्द्रीय कार्यसमिति सदस्य दिपक अग्रवाल, एमएडब्लू इण्टरप्राइजेजका सीईओ राजु क्षेत्री, एसएलआर टेक्नो ट्रेडरबाट सुगम घिमिरेलगायतको उपस्थिति थियो।                                                                                                                                                     
                                                                   


प्रकाशित : बुधबार, भदौ ३० २०७८१२:३९
  • सम्बन्धित विषय:

  • # नाडा
  • # सवारी एसेम्बल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend