शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

श्रीलंकन एयरलाइन्सले हप्तामा चार उडान गर्ने 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ३० २०७८
श्रीलंकन एयरलाइन्सले हप्तामा चार उडान गर्ने 

हप्तामा सोमबार, मंगलबार, बिहीबार र शनिबार श्रीलंकनले उडान गर्ने छ। 

काठमाडौं- श्रीलङ्काको कोलम्बोबाट काठमाडौं नियमित उडान सुरु गरेको एक महिनामै श्रीलंकन एयरलाइन्सले उडान संख्या बढाउने भएको छ। 

एयरलाइन्सले यो रुटमा उडान संख्या थप गर्ने अनुमति पाइसकेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सलाई सेप्टेम्बर २७ देखि हप्तामा चार उडान गर्नका लागि उडान तालिका स्वीकृत गरेको छ। 

हप्तामा सोमबार, मंगलबार, बिहीबार र शनिबार श्रीलंकनले उडान गर्ने छ। 

यात्रुको माग बढ्दै गएपछि उडान संख्या बढाउन लागिएको काठमाडौँस्थित एयरलाइन्सको जिएसएका प्रतिनिधि दीपक मैनालीले जानकारी दिए। 

'यात्रुको माग बढेपछि एयरलाइन्सले उडान संख्या बढाउन भएको छ। हप्तामा २ बाट ४ उडान बनाइा लागिएको हो' उले विजनेसन्युजसँग भने। 

अहिलेसम्म मंगलबार र शनिबारमात्रै उडान गर्दै आएको छ।

कोलम्बो-काठमाडौं गन्तव्यमा यसअघि हिमालय एयरलाइन्सले उडान गरेपनि यात्रु नपाएकै कारण उडान रोकेको थियो। तर श्रीलंकन एयरले कोलम्बोबाट अरु देश लक्षित उडान पनि जोडेकोले उडान अझ विस्तार गर्ने संकेत गरेको छ। 


प्रकाशित : बुधबार, भदौ ३० २०७८१२:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend