सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पारिवारिक कारण देखाउँदै एनआईसी एसिया बैंकका सीईओले दिए राजीनामा

बिहीबार , असोज २ २०८२
पारिवारिक कारण देखाउँदै एनआईसी एसिया बैंकका सीईओले दिए राजीनामा

एनआईसी एसिया बैंकका सीईओ रोशन न्यौपानेले पारिवारिक कारण देखाउँदै पदावधि पूरा नगरी बीचैमा राजीनामा दिएका हुन्।

काठमाडौं- एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन्।

२०८३ को मंसिरसम्म पदावधि बाँकी रहेकोमा पारिवारिक समस्या देखाउँदै उनले पदावधि पूरा नगरी राजीनामा दिएका हुन्। 

व्यक्तिगत तथा पारिवारिक स्वास्थ्यलाई समय दिनुपर्ने भएकाले बैंकको कार्यकारी जिम्मेवारीमा रहेर काम गर्न सकिने अवस्था नरहेको भन्दै उनले राजीनामा दिएका हुन्।

उनको राजीनामासँगै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीलाई कायममुकायम सीईओको जिम्मेवारी दिइएको छ।


प्रकाशित : बिहीबार , असोज २ २०८२१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend