शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

चीनमा बनेको न्यारोबडी जहाज व्यावसायिक उडान अनुमतिको अन्तिम चरणमा 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ३० २०७८
चीनमा बनेको न्यारोबडी जहाज व्यावसायिक उडान अनुमतिको अन्तिम चरणमा 

यो जहाजको पहिलो डेलिभरी चाइना इस्टर्न एयरलाइन्सलाई हुने छ। यही एयरलाइन्सले यसको पहिलो व्यावसायिक उडान गर्ने छ। 

काठमाडौं- चिनियाँ जहाज निर्माता कम्पनी कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक)ले निर्माण गरेको न्यारोबडी जहाज व्यावसायिक उडानको अन्तिम चरणमा पुगेको छ। 

चिनियाँ हवाइ नियमकले न्यारोबडी जहाज 'सिनाइन नाइन्टीन' उडान अनुमतिको अन्तिम चरणमा रहेको  एरोटाइम डटकमले लेखेको छ। 

यो जहाजको पहिलो डेलिभरी चाइना इस्टर्न एयरलाइन्सलाई हुने छ। यही एयरलाइन्सले यसको पहिलो व्यावसायिक उडान गर्ने छ। 

सन् २०२१ मा एयरलाइन्सले जहाज खरिद सम्झौता गरेको थियो। यसले सुरुमा पाँचवटा जहाज खरिद गर्ने प्रस्ताव गरेको छ। चीनमा निर्माण भएको पहिलो न्यारोबडी जहाजको उडान गर्ने पहिलो एयरलाइन्स चाइना इस्टर्न हुने छ। 

सन् २०१६ मै व्यावसायिक उडानमा ल्याउने भनिएपनि प्राविधिक तथा अन्य व्यापारिक  कारणले ढिलाइ हुँदै आएको छ। 

सन् २०१७ मा पहिलो परीक्षण उडान भएको यो जहाज एयरबसको ए३२० नियो र बोइङको ७३७ म्याक्ससँग प्रतिस्पर्धा गर्नेगरी डिजाइन गरिएको छ। 

१६८ यात्रु बोक्नसक्ने यो जहाज अहिलेसम्म ८१५ वटा अर्डर भइसकेको कोम्याकले जानकारी दिएको छ। 


प्रकाशित : बुधबार, भदौ ३० २०७८०८:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend