बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

‘हाम्रो सपना जलाउन सकिँदैन, हाम्रो मूल्य लुट्न सकिँदैन’

शुक्रबार, भदौ २७ २०८२
‘हाम्रो सपना जलाउन सकिँदैन, हाम्रो मूल्य लुट्न सकिँदैन’

चौधरी समूहका अध्यक्षलाई व्यक्तिगत रुपमै लक्षित गरेर आक्रमण भयो, आवासीय घरमा तोडफोड र आगजनी गरियो, यसमा हिंस्रक आसय प्रष्ट छ।

वितेका केही दिन साह्रै पीडादायी रहे। शासकीय उत्तरदायित्व, सुशासनको माग गर्दै सुरू भएको युवाहरूको आन्दोलनको उद्देश्य गलत थिएन। तर आन्दोलनको आवरणमा गलत नियत भएका समूह र व्यक्तिको घुसपैठले तोडफोड, लुटपाट र विध्वंसमा परिणत भयो।

हामीले अकल्पनीय क्रूरता देख्यौँ। हाम्रा अध्यक्षलाई व्यक्तिगत रूपमा लक्षित गरियो, हाम्रा घरहरूमा आक्रमण र आगजनी भयो, हाम्रा कारखाना र कार्यालयहरू ध्वस्त पारिए र हाम्रा शोरुमहरू लुटिए। 

चौधरी समूहका अध्यक्षलाई व्यक्तिगत रुपमै लक्षित गरेर आक्रमण भयो, आवासीय घरमा तोडफोड र आगजनी गरियो, यसमा हिंस्रक आसय प्रष्ट छ।

एउटा भयानक क्रुरता हामीले नजिकबाट देख्यौँ। कारखाना र कार्यालयहरू सखाप पारियो, शोरुमहरूमा लुटपाट र खरानी बनाइयो। दशकौँको मेहनत, त्याग र प्रतिबद्धता केही घण्टामै खरानीमा परिणत भयो।

यो केवल सम्पत्तिमाथि भएको आक्रमण मात्र थिएन, यो त आशा, विश्वास र राष्ट्रका लागि अर्थपूर्ण केही निर्माण गर्ने सपनामाथि आक्रमण थियो।

यो भयानक अराजक आक्रमणबाट चौधरी समूह लोप भएको होइन। कसैले सखाप पार्न खोजे पनि हामी हाम्रो डीएनए अनुसार नै प्रकट भयौँ। हाम्रा व्यवस्थापक र कर्मचारीहरूले आफ्नो सुरक्षालाई जोखिममा पारेर भएपनि आरोहत्र खटेर सम्पति र शाखको रक्षा गर्न सफल भएका छन्।

आँखैअगाडि विनाश र विध्वंस हुँदै गर्दा पनि एक निमेस विचलित नभएर खट्ने सबै व्यवस्थापन लिडरहरूलाई सम्मान गर्छु।

यसबाट के कुरा प्रष्ट भएको छ भने चौधरी समूह एक कम्पनीमात्र होइन बलियो परिवार हो जो निष्ठा र प्रेमले बाँधिएको छ। यही पारिवारिक पहिचानकै कारण विषम अवस्स्थामा पनि ग्राहक निराश भएनन् र आशाको सञ्चार कायम छ। यो साहस र कौशलको सम्मान हुनेछ।

हामी यो अवस्थाबाट पक्कै पनि गहिरो पीडमा छौँ तर हामी सकिएका हैनौँ। अवाञ्छित तत्त्व केवल संरचना जलाउँछन् र हाम्रो सपना र अठोट हल्लाउन सक्दैनन्। हाम्रा शोरुमहरू लुट्न सक्छन् तर हाम्रो आदर्श चोर्न सक्दैनन्। हामीलाई कमजोर बनाउने उनीहरूको प्रयासलाई हाम्रो एकताले निस्तेज पारिदिन्छ।

चौधरी ग्रुप नेपालको सबैभन्दा ठूलो करदातामध्ये मात्र होइन सबैभन्दा धेरै रोजगारी दिने संस्था पनि हो। राष्ट्र निर्माण, संकटमोचनमा जहिले पनि अग्रणि भूमिकामा रहँदै आएका छौं। यो हो चौधरी समूहको डीएनए। हाम्रो जिम्मेवारी समाप्त भएको छैन। हाम्रो वचन हराएको छैन।

हामी पुनर्निर्माण गर्नेछौँ। हामी पुनः उठ्नेछौँ। यस विपत्तिबाट नयाँ शक्ति, विचार, प्रणाली र नेपालीप्रतिको झन् गाढा प्रतिबद्धता रहनेछ।

इतिहासले हामीलाई खरानीले होइन, हामी कसरी अझ सबल, गौरवशाली र एकताबद्ध भएर निस्क्यौँ भन्ने कुरामा सम्झिनेछ।

सीजी परिवारका प्रत्येक सदस्यलाई धन्यवाद। तपाईंहरू नै यस संस्थाको मुटु हुनुहुन्छ। हामी बाँच्नेमात्र होइन उज्ज्वल भविष्य निर्माण गर्नेछौँ।

निर्वाण चौधरी चौधरी समूह (सीजी) का प्रबन्ध निर्देशक हुन्, जुन नेपालकै सबैभन्दा ठूलो बहुराष्ट्रिय व्यवसायिक समूह हो।


प्रकाशित : शुक्रबार, भदौ २७ २०८२०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend