आइतबार, वैशाख ३० गते २०८१    
images
images

वीरगञ्ज आइपुग्यो भारतीय निजी कार्गो रेल

images
बिजनेस न्युज
images
images
वीरगञ्ज आइपुग्यो भारतीय निजी कार्गो रेल

हिन्द टर्मिनलले भारतको हल्दिया बन्दरगाहबाट निजी कार्गो सेवा सुरु गरेको हो। हिन्द टर्मिनलको रेल ९० वटा कन्टेनर लिएर वीरगञ्ज सुक्खा बन्दरगा आइपुगेको छ। 

images
images

काठमाडौं- भारतबाट पहिलो पटक निजी कम्पनीको कार्गो रेल वीरगञ्ज आइपुगेको छ। बुधरबार बिहान कार्गो सामान बोकेको रेल वीरगञ्ज आइपुगेको हो। 

images
images
images

हिन्द टर्मिनलले भारतको हल्दिया बन्दरगाहबाट निजी कार्गो सेवा सुरु गरेको हो। हिन्द टर्मिनलको रेल ९० वटा कन्टेनर लिएर वीरगञ्ज सुक्खा बन्दरगा आइपुगेको छ। 

images

सोमबार हल्दिया बन्दरगाहबाट हिँडेको रेल बुधबार बिहान वीरगञ्ज आएको हो। नेपालमा रेलवेमार्फत सामान ढुवानीमा निजी सेवाप्रदायक प्रवेश गरेको हो। 

images

rail.jpeg
नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) लाई एकाधिकार दिएको थियो। 

images
images

तर उक्त सम्झौता केही महिनाअघि संशोधन भएसँगै निजी कार्गो रेलले पहिलो पटक सामान लिएर नेपाल आएको हो। 

संशोधित सम्झौताले भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने व्यवस्था गरेको थियो। 

त्यसअघि भारतका कोलकाता, हल्दिया र विशाखापट्नम बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गाे ढुवानीमा कोन्करको एकाधिकार थियो।

images

प्रकाशित : बुधबार, भदौ ३० २०७८०६:४६
  • सम्बन्धित विषय:

  • # रेल
  • # वीरगञ्ज रेल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend