काठमाडौं- मंगलबार भएको तोडफोड र आगजनीबाट जलेर नष्ट हुन बाँकी रहेका सर्वोच्च अदालतभित्रका कागजपत्र र फाइलहरु बुधबार संकलन थालिएको छ।
आगो निभाइएसँगै त्यहाँका जल्नबाट जोगिएका कागजात सुरक्षित राख्नका लागि संकलन गरिएको हो।
सर्वोच्च अदालतम मंगलबार भएको आगजनीका कारण पेसीमा रहेका मुद्दाको सुनुवाइ स्थगित गरिएको छ। मुद्दाका मिसिल, सर्भर र इजलास जलेर नष्ट भएका कारण सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको हो।
सोमबार प्रदर्शनमा निस्किएका १९ जनाको प्रहरीको गोली लागि मृत्यु हुँदा आक्रोशित युवाहरुले मंगलबार देशभरका सरकारी, निजी र व्यावसायिक संरचनाहरु तोडफोड र आगजनी गरी ध्वस्त बनाएका छन्।
सिंहदरबार, संसद भवन, सडक विभाग, प्रहरी विभाग सर्वोच्च अदालतलगायत सरकारी संरचना जलेर नष्ट भएका छन्।
मंगलबार रातिदेखि नेपाली सेना परिचालन गरिएसँगै अहिले अवस्था बिस्तारै शान्त हुँदै गइरहेको छ।



तस्बिरहरू : नवीन पौडेल/रासस
