काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार स्थिर रहेको छापावला सुनको मूल्य बुधबार प्रतितोला ६ सय रुपैयाँले बढेको हो।
मंगलबार ९० हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य बुधबारका लागि ९१ हजार २ सय रुपैयाँ कायम भएको छ।
तर चाँदीको मूल्य भने स्थिर छ। मंगलबार १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि पनि १२ सय रुपैयाँ नै तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।