शुक्रबार, असोज ४ गते २०८१    
images
images

पसलअनुसार ग्यासको फरक मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ३० २०७८
images
images
पसलअनुसार ग्यासको फरक मूल्य

खाना पकाउने एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ। पसलैपिच्छे ग्यासको फरक मूल्य लिइने गरेपछि उपभोक्ता मारमा परेका छन्। 

images
images

डोटी– डोटीमा खाना पकाउने एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ। पसलैपिच्छे ग्यासको फरक मूल्य लिइने गरेपछि उपभोक्ता मारमा परेका छन्। 

images
images
images

ग्यासमा फरक मूल्य लिइने गरेको गुनासोसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दासमेत कुनै कानुनी कारबाही गरिएको छैन। प्रशासनले मूल्यमा एकरुपता ल्याउन नसकेको उपभोक्ताको आरोप छ।

यहाँका ग्यास डिलरमा एउटा मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई वर्षौँदेखि ग्यास बिक्री गरिएको उपभोक्ताको गुनासो छ। यसरी पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ता मारमा परेका दिपायल पिपल्लाका सर्वजित देउवाले गुनासो गरे। जिल्लाका दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने ग्यासमा तोकिएभन्दा बढी मूल्य लिई बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको उनको भनाइ छ।

जिल्लामा पाउने भेरी तथा रेडिएण्ट ग्यासको मूल्य ग्यास कम्पनी अर्थात् ग्यास प्लाण्टले १ हजार ३ सय १३ रुपैयाँ ७५ पैसामा सम्बन्धित डिलरमा सप्लाइ गर्ने गरेको जनाइएको छ। यहाँका ग्यास डिलरले थोक बिक्रीमा उक्त ग्यासमा १ हजार ४ सय ५० रुपैयाँ लिने तथा फुटकरमा १ हजार ५ सय लिने गरेको र सोही ग्यास सबडिलरबाट उपभोक्ताले किन्दा १ हजार ६ सयसम्म लिने गरेको शिखर नगरपालिका–२ कालागाढका राम दमाईले बताए।

images

ग्यास बिक्रेताले फरक मूल्यमा ग्यास बिक्री वितरण गरिरहेको जानकारी पाए पनि सम्बन्धित निकायले यो विषयमा कुनै जानकारी लिने नगरेको अर्का स्थानीय मानबहादुर साउदले बताए। दिपायल पिपल्लामा रेडिएण्ट ग्यासका डिलर व्यापारी देवेन्द्र खड्काले ग्याँस कम्पनीले १ हजार ३ सय १३ रुपैयाँ ७५ पैसामा दिने गरेको भए पनि त्यसमा लोड, अनलोड तथा भ्याट नजोड्ने गरेको र पछि आफूबाट लिने गरेका कारण आफूहरुले सो रकम जोडेर ग्यास बिक्री वितरण गर्न बाध्य भएको बताए। 

डिलरमा लोड, अनलोड तथा भ्याटको रकम जोड्दा १ हजार ४ सय ५० हुने गरेकाले आफूहरुले फुटकर बेच्दा १ हजार ५ सय रुपैयाँ लिने गरेको तथा थोकमा किन्दा १ हजार ४ सय ५५ रुपैयाँसम्म लिने गरेको खड्काले स्वीकार गरे। यस्तै यहाँका कालागाढ, सिलगढी, पिपल्ला तथा राजपुरमा रहेका ग्याँस बिक्री गर्ने सबडिलरमा पसलैपिच्छे सोही ग्यासको १ हजार ६ सय पर्ने गरेको उपभोक्ताको आरोप छ। आफूहरुले कैलालीका डिलरबाट ग्यास ल्याउने गरेका कारण भाडालगायत, लोड, अनलोड तथा आफ्नो पसलको भाडा मिलाएर १ हजार ६ सय लिने गरेको पसल सञ्चालक बताउँछन्। 

जिल्लामा खुलेआमरूपमा वर्षौंदेखि यसरी ग्यासको मूल्य पसलैपिच्छे फरक लिइने गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले सरकारले तोकेको रकमभन्दा बढी मूल्य लिएर ग्यास बिक्री गर्ने व्यापारीलाई कारबाही गरिने बताए। ग्यास डिलर तथा सबडिलरमा ग्यासको मूल्यसूचीका विषयमा जानकारी दिन पत्राचार गरिएको उनले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, भदौ ३० २०७८०५:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend