सोमबार, साउन १९ गते २०८२    
सोमबार, साउन १९ २०८२
images
images

आइकोनिक ब्रान्ड 'हार्ले डेभिडसन' फेरि नेपाल आउने, नाडा अटो शोमा राखिने

चौधरी समूहले ल्यायो हार्ले

images
सोमबार, साउन १९ २०८२
images
images
आइकोनिक ब्रान्ड 'हार्ले डेभिडसन' फेरि नेपाल आउने, नाडा अटो शोमा राखिने

यसअघि पनि सिंगापुरले नै नेपालमा आधिकारिक बिक्रेता नियुक्त गरेको थियो। अहिले पनि सिंगापुरबाटै आधिकारिक बिक्रेता नियुक्त हुने र त्यहीँबाट मोटरसाइकल नेपाल ल्याउने तयारी भएको छ।

images
images

काठमाडौं- आइकोनिक अमेरिकी मोटरसाइकल ब्रान्ड हार्ले डेभिडसन फेरि नेपाली बजारमा भित्रिने भएको छ।

images

यसअघि २०७५ सालमा आधिकारिक बिक्रेतामार्फत औपचारिक रुपमा नेपाल आएको हार्ले डेभिडसन बिक्री हुन नसकेर बन्द भएको थियो। अहिले फेरि नयाँ आधिकारिक बिक्रेतामार्फत हार्ले डेभिडसन नेपाल भित्रिने निश्चित भएको हो। 

images
images

मोटरसाइकल प्रेमीहरूका लागि सपनाको ब्रान्डका रुपमा रहेको हार्ले डेभिडसन विगतमा तत्कालीन युवराज पारस शाहले नेपाल ल्याएपछि यहाँ त्यसको चर्चा बढेको थियो। एक शताब्दीभन्दा लामो मोटरसाइकल उत्पादनको इतिहास बोकेको अमेरिकी ब्रान्ड हो हार्ले डेभिडसन। 

images
images
images

२०७५(सन् २०१८) मा आइएमई समूहअन्तर्गतको आईएमई मोटर्सले हार्ले डेभिडसन नेपाली बजारमा भित्र्याएको थियो। त्यतिबेला आइएमईले हार्लेको फ्याटबोय, एक्सजी ७५० ए, भीबब २५० लगायत मोटरसाइकल ल्याएर बिक्री गरेको थियो। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले महँगा र ठूलो इन्जिन क्षमताका मोटरसाइकलको कर उल्लेख्य रुपमा वृद्धि गरिदिएपछि मोटरसाइकल अत्याधिक महँगो हुँदा आयात नै प्रभावित हुने पुगेको थियो।

आर्थिक वर्ष २०७९/८० यता हार्लेका मोटरसाइकल आयात हुन सकेन भने आइएमई मोटर्सले आधिकारिक बिक्रेतासमेत छाडेर औपचारिक रुपमा डेढ करोड खर्चिएर बनाएको शोरुम पनि बन्द गरिदियो। 

अब हार्ले डेभिडसन आईएमई समूहले नभइ चौधरी समूहले ल्याउने तय भएको हो। चौधरी समूहअन्तर्गतको सीजी मोटर्सबाटै वा अर्को नयाँ कम्पनी आधिकारिक बिक्रेताका रुपमा नियुक्त भएर हार्ले नेपाल आउने तयारीमा रहेको छ। चौधरी समूहले नाडा अटो शो २०२५ मा हार्ले डेभिडसनका मोटरसाइकल शोकेस गर्नेगरी स्टलसमेत पाइसकेको नाडा स्रोतले बतायो।  

हार्लेका मोटरसाइकलको लुक्स, स्टाइलले नै धेरैलाई आकर्षित गर्छ। पछिल्लोपटक पारसले उतिबेला ल्याएको भन्दा शक्तिशाली हार्ले डेभिडसनको मोटरसाइकल नेपाली सडकमा गुडिरहेको छ। हार्लेको चर्चित मोडल फ्याटबोइ चार वर्षअघि नेपाल भित्रिएको थियो। 

संसारभर चर्चित रहेको फ्याटबोय २०७६ असारमा दर्ता भएको थियो। हार्ले डेभिडसनको शोरुम गैह्रीधारामा बनाइएको थियो। आईएमई अटोमोटिभ्सले हार्लेका दुईवटा फ्याट बोइ र अन्य एक दर्जन मोटरसाइकल बिक्री गरेको थियो। 

चौधरी समूहले नाडा अटो शोमा राख्न कुन मोडलको मोटरसाइकल ल्याउँदै छ? भन्ने यकिन भइसकेको छैन। हार्ले डेभिडसनले सिंगापुरमा रहेको एसिया प्यासिफक कार्यालयमार्फत यस क्षेत्रमा आधिकारिक बिक्रेता नियुक्त गर्दै आएको छ।

यसअघि पनि सिंगापुरले नै नेपालमा आधिकारिक बिक्रेता नियुक्त गरेको थियो। अहिले पनि सिंगापुरबाटै आधिकारिक बिक्रेता नियुक्त हुने र त्यहीँबाट मोटरसाइकल नेपाल ल्याउने तयारी भएको छ। 

सिंगापुरबाट आयात हुने हार्ले डेभिडसनका मोटरसाइकल हवाईजहाजमा राखेर ल्याइने छ। यसअघि आयात भएको फ्याटबोय पनि हवाईजहाजमै राखेर ल्याइएको थियो। चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले भारतीय दुईपांग्रे सवारी उत्पादक हिरो मोटोकर्पको आधिकारिक बिक्रेताको रुपमा हिरोका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आइरहेको छ। भारतमा हार्ले डेभिडसनको बिक्री तथा सर्भिसको जिम्मा हिरो मोटोकर्पले गर्दै आएको छ। 

मोटरसाइकलका सौखिनहरूले रोज्ने हार्ले डेभिडसन नेपालमा पनि रोजाइमा पर्ने गरेको छ। तर महँगो मूल्यका कारण हार्ले डेभिडसन चढ्ने चाहना थोरैले मात्र पूरा गर्न सक्छन्। चौधरी समूहले हार्लेका कुनकुन मोडल ल्याउने र कति मूल्य पर्ने कुरा बाहिर आइसकेको छैन। 

आर्थिक वर्ष २०७५/७६ मा हार्ले डेभिडसनका फ्याटबोय एउटा, आइरन ८८३ मोडल ४ वटा र अर्को मोडन नखुलेको एउटा आयात भएको थियो। त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा एक्सजी ७५० ए मोडल १३ वटा र २०७७/७८ मा हार्लेका भीबब २५० मोडल ५ वटा र अर्को एउटा मोडल आयात भएको तथ्यांक छ।  

८९ लाख रुपैयाँको हार्ले डेभिडसन ‘फ्याटबोइ’ कसले चढ्छ? ८९ लाख रुपैयाँको हार्ले डेभिडसन ‘फ्याटबोइ’ कसले चढ्छ?

३ वर्षमा कति बिके हार्ले, डुकाटी र एमभी अगस्टाका मोटरसाइकल ३ वर्षमा कति बिके हार्ले, डुकाटी र एमभी अगस्टाका मोटरसाइकल


प्रकाशित : सोमबार, साउन १९ २०८२१९:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend