बिहीबार , वैशाख २७ गते २०८१    
images
images

३ वर्षमा कति बिके हार्ले, डुकाटी र एमभी अगस्टाका मोटरसाइकल

images
images
images
३ वर्षमा कति बिके हार्ले, डुकाटी र एमभी अगस्टाका मोटरसाइकल

नेपाली बजारमा अमेरिकी आइकोनिक ब्रान्ड हार्ले डेभिडसनदेखि इटालीयन ब्रान्ड डुकाटी र एमभी अगस्टा, जर्मन ब्रान्ड बीएमडब्लू, केटीएम, हस्कभर्ना, बेनेलीलगायत ब्रान्डका मोटरसाइकल बिक्री हुँदै आएको छ।

images
images

काठमाडौं- विश्वका महँगा ब्रान्डका मोटरसाइकल नेपाली उपभोक्तामाझ लोकप्रिय छ। इटालीदेखि अमेरिकासम्मका प्रिमियम ब्रान्डका मोटरसाइकल आधिकारिक बिक्रेतासहित बजारमा उपलब्ध छन्। 

images
images
images

नेपाली बजारमा अमेरिकी आइकोनिक ब्रान्ड हार्ले डेभिडसनदेखि इटालीयन ब्रान्ड डुकाटी र एमभी अगस्टा, जर्मन ब्रान्ड बीएमडब्लू, केटीएम, हस्कभर्ना, बेनेलीलगायत ब्रान्डका मोटरसाइकल बिक्री हुँदै आएको छ। महँगो हुने भएकाले यी ब्रान्डका मोटरसाइकल सीमिति संख्यामा बिक्री हुने गरेको छ। 

images

अमेरिकी आइकोनिक ब्रान्ड हार्ले डेभिडसनको मोटरसाइल तत्कालिन युवराज पारस शाहले पहिलो पटक नेपाल ल्याएका थिए। त्यसउता लामो समयपछि आइएमई समूहले २०१८ मा नेपाल भित्र्याएको थियो। हार्ले डेभिडसनका फ्याट बोइ मोडलसमेत नेपाल आएको छ। एउटा मात्र आएको यो मोटरसाइकलको मूल्य करिब ९० लाख रुपैयाँमा बिक्री भएको थियो। हार्लेका अन्य मोडल आइरन ८८३, एक्सजी ७५० ए र भीबब २५० लगायत मोडल नेपाल भित्रिएका छन्। 

images

पछिल्लाे समय नेपालमा विश्व बजारमा उपलब्ध प्रिमियम माेटरसाइकल सहजै पाइन थालेकाे छ। अधिकांश प्रिमियम माेटरसाइकलहरु आधिकारिक बिक्रेताले नै ल्याउन थालेका छन्। माेटरसाइकल मार्फत एडभेन्चर यात्रा गर्नेहरुले बढी इन्जिन क्षमताका शक्तिशाली माेटरसाइकल खाेज्ने गरेका छन्। त्यसैले महँगा र प्रिमियम माेटरसाइकलकाे माग तथा आयात बढेकाे हाे।

images
images

नेपाली बजाारमा ४/५ लाख रुपैयाँदेखि सवा कराेड रुपैयाँसम्मका एडमेन्चर तथा प्रिमियम माेटरसाइकल उपलब्ध छन्।  

डुकाटीका मोटरसाइकल लामो सयमदेखि नेपाली बजारमा उपलब्ध हुँदै आएको छ। टर्को मोटर ट्रेडिङ प्रालिले डुकाटीका मोटरसाइकल बिक्री गर्दै आएको छ। डुकाटीका हालसम्म दर्जनभन्दा बढी मोडलका मोटरसाइकल उपलब्ध छन्। आर्थिक वर्ष २०७५/७६ मा डुकाटीका ५ वटा मोटरसाइकल बिक्री भएका छन्। सो वर्ष डुकाटी- हाइपरमोटार्ड १ वटा, मोन्टर १ वटा र स्क्रामलर ३ वटा बिक्री भएको तथ्यांक छ।

एमभी अगस्टाका मोटरसाइकल भेलोसिटी प्रालिले बिक्री गर्दै आएको छ। एमभी अगस्टाका ब्रुटल ८०० ड्रागस्टार, एफथ्री, टुरिस्मो भेलोस, टुरिस्मा, सुपरभेलोस ८०० लगायत मोडलका मोटरसाइकल बिक्री हुँदै आएको छ। 

आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना अर्थात साउनमा हार्ले, डुकाटी र एमभी अगस्टाका कुनै पनि मोटरसाइकल बिक्री भएका छैनन्।

यस्तो छ ती वर्षको तथ्यांक 

२०७५/७६ 

एमभी अगस्टा- ब्रुटल ८०० ड्रागस्टार १ वटा र टुरिस्मो भेलोस १ वटा 

हार्ले डेभिडसन- फ्याट बोइ ११४ १ वटा, आइरन ८८३ ४ वटा र हार्लेकै मोडल नखुलेको १ वटा 

डुकाटी- हाइपरमोटार्ड १, मोन्टर १ र स्क्रामलर ३ वटा 

२०७६/७७ 

डुकाटी- सीयूएक्स र मोन्सटर १/१ वटा 

हार्ले डेभिडसन- एक्सजी ७५० ए १३ वटा (मंसिरमा ३, पुसमा ४ र चैतमा ६ वटा बिक्री)

एमभी अगस्टा- ब्रुटल ८०० ड्रागस्टार २ वटा र एफथ्री १ वटा बिक्री

२०७७/७८

डुकाटी- स्ट्रिट फाइटर भीफोरएस र पिनिगल १/१ वटा 

हर्ले डेभिडसन- भीबब २५० ५ वटा र हार्ले कै मोडल नखुलेको १ वटा 

एमभी अगस्टा- ब्रुटल ८०० ड्रागस्टार ३ वटा, टुरिस्मो १ वटा र सुपरभेलोस ८०० १ वटा 

images

प्रकाशित : मंगलबार, कात्तिक ३० २०७८०१:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend