बुधबार, वैशाख १२ गते २०८१    
images
images

८९ लाख रुपैयाँको हार्ले डेभिडसन ‘फ्याटबोइ’ कसले चढ्छ?

जुन मोटरसाइकल हवाइ जहाजमा नेपाल आयो

images
images
images
८९ लाख रुपैयाँको हार्ले डेभिडसन ‘फ्याटबोइ’ कसले चढ्छ?

तुलाधर अभनिस ग्रुप अन्तर्गतको नेपाल लिकर्स प्रालिका अध्यक्ष हुन्। यो ग्रुप अन्तर्गत नेपाल लिकर्स प्रालिसहित ३ कम्पनी छन्। तुलाधर मोटरसाइकलका निक्कै शौखिन देखिएका छन्। 

images
images

काठमाडौं- मोटरसाइकल प्रेमीहरुका लागि हार्ले डेभिडसन सपनाको ब्रान्ड हो। एक शताब्दीभन्दा लामो मोटरसाइकल उत्पादनको इतिहास बोकेको अमेरिकी ब्रान्ड हो हार्ले। नेपालमा तत्कालीन युवराज पारस शाहले पहिलो पटक हार्ले डेभिडसनको मोटरसाइकल ल्याएका थिए।  

images
images
images

पारसले चढेको हार्लेले धेरै मोटरसाइकल प्रेमीको ध्यान खिच्दै आएको थियो र छ पनि। मोटरसाइकलको लुक्स, स्टाइलले नै धेरैलाई आकर्षित गर्छ। पारसले चढेको मोटरसाइकल कतिमा किनिएको थियो, कहाँबाट ल्याइएको थियो, त्यसको कुनै अभिलेख दर्ता छैन। किन कि त्यतिबेला पारस युवराज थिए र दरबारका सदस्यहरु कानूनभन्दा माथि थिए। 

images

पछिल्लोपटक पारसले उतिबेला ल्याएको भन्दा शक्तिशाली हार्ले डेभिडसनको मोटरसाइकल नेपाली सडकमा गुडिरहेको छ। हार्लेको चर्चित मोडल फ्याटबोइ दुई वर्षअघि नेपाल भित्रिएको थियो। 

images

संसारभर चर्चित रहेको फ्याटबोय नेपालमा कसले किन्यो? यो धेरैका लागि चासो हुने र त्यो पनि कति मूल्यमा आयो भन्ने जिज्ञासा जाग्नु स्वाभाविक नै हो। 

images
images

बिजनेस न्युजलाई प्राप्त कागजातअनुसार हार्ले डेभिडसनको फ्याटबोइ २०७६ असार १८ गते आयातकर्ता कम्पनीले दर्ता गरेको देखिन्छ। आयातकर्ता कम्पनीले खरिदकर्ता अभनिस ट्रेडलिंक प्रालिको नाममा फ्याटबोय २०७६ भदौ २ गते नामसारी भएको छ। 

प्राप्त जानकारी अनुसार फ्याटबोइ ८९ लाख रुपैयाँमा बिक्री भएको हो। नेपाल आएको हार्लेको यो फ्याटबोइ १ हजार ८ सय ६८ सीसी इन्जिन क्षमताको मोटरसाइकल हो। कालो रंगको यो मोटरसाइकल अभनिस ट्रेडलिंकका राजेश तुलाधरले चढ्दै आएका छन्। 

तुलाधर अभनिस ग्रुप अन्तर्गतको नेपाल लिकर्स प्रालिका अध्यक्ष हुन्। यो ग्रुप अन्तर्गत नेपाल लिकर्स प्रालिसहित ३ कम्पनी छन्। तुलाधर मोटरसाइकलका निक्कै शौखिन देखिएका छन्। 

उनी मोटरसाइकलका शौखिन हुन् भन्ने कुरा फ्याटबोइको खरिद गरेकोबाटै थाहा हुन्छ। उनले किनेको यो मोटरसाइकल बैधानिक च्यानलबाट आएको सम्भवतः सबैभन्दा महँगो मोटरसाइकल समेत हो। हार्लेको फ्याटबोइ नेपाल हालसम्म एउटा मात्र आएको छ। यो मोटरसाइकल हवाइ जहाजमार्फन नेपाल ल्याइएको थियो। उनीसँग डुकाटी पनि छ। 

२०७५ मा आईएमई समूहले अमेरिकी ब्रान्ड हार्ले डेभिडसन औपचारिक रुपमा नेपाल भित्र्याएको थियो। यो समूहले हार्लेको सिंगापुर कार्यालयसँग सम्झौता गरेर ब्रान्ड ल्याएको थियो। 

पारसले चढ्ने मोटरसाइकल २०६१ भदौ ६ गते दर्ता भएको थियो। पारसको हार्ले सफ्टेल हेरिटेज १९९५ मोडल हो। १ हजार ३ सय ३७ सीसी इन्जिन क्षमताको यो मोटरसाइकलले ४ हजार ९ सय आरपीएममा ४८ एचपी पावर दिन्छ। त्यस्तै २ हजार ४ सय आरपीएममा ८६.३ एनएम टर्क जेनेरेट गर्छ। 

हार्ले फ्याटबोइ १ हजार ८ सय ६८ सीसी इन्जिन क्षमताको मोटरसाइकलले १ सय ५६ एमएम टर्क जेनेरेट गर्छ। यो मोटरसाइकलमा ६ स्पीड म्यानुअल ट्रान्समिसन रहेको छ। १ सय १५ एमएम ग्राउन्ड क्लियरेन्स भएको हार्ले फ्याटबोइको कर्व तौल ३ सय २२ किलोग्राम रहेको छ। 

निक्कै आकर्षक देखिने यो मोटरसाइकलमा १९.१ लिटर पेट्रोल अट्ने ट्यांकी रहेको छ। फ्याटबोइले २० किलोमिटर प्रतिघण्टाको माइलेज दिने कम्पनीले जनाएको छ। 

आईएमई अटोमोटिभ्सले हार्लेको एउटा फ्याट बोइ र अन्य एक दर्जन मोटरसाइकल बिक्री गरिसकेको छ। आईएमईले हार्ले ल्याएकै वर्ष मोटरसाइकलमा उल्लेख्य कर वृद्धि भएको थियो। कर वृद्धिका कारण कम्पनीले अपेक्षा गरेअनुरुप मोटरसाइकल बिक्री गर्न भने सकेन।

यो पनि

 

images

प्रकाशित : शुक्रबार, माघ ७ २०७८०१:०४

प्रतिक्रिया दिनुहोस