बुधबार, वैशाख १२ गते २०८१    
images
images

पूर्वयुवराजको  ‘हार्ले डेभिडसन’ : न दर्ता न कर

images
images
images
पूर्वयुवराजको  ‘हार्ले डेभिडसन’ : न दर्ता न कर

‘श्री ५ बाट हुकुम भयो।’ एक समय देश चल्न यत्ति काफी थियो। ऐन नियम र कानूनभन्दा माथि राखेर हुकुम हुने समय बितेर राजशाह नागरिक भइसक्दा पनि हुकुम प्रमाङ्गीकै कतिपय काम अझै चलिरहेको छ। त्यसैको निरन्तरतामा देखिएको छ, पूर्वयुवराज पारस शाहको हार्ले डेभिडसन। 

images
images

काठमाडौं- ‘श्री ५ बाट हुकुम भयो।’ एक समय देश चल्न यत्ति काफी थियो। ऐन नियम र कानूनभन्दा माथि राखेर हुकुम हुने समय बितेर राजशाह नागरिक भइसक्दा पनि हुकुम प्रमाङ्गीकै कतिपय काम अझै चलिरहेको छ। त्यसैको निरन्तरतामा देखिएको छ, पूर्वयुवराज पारस शाहको हार्ले डेभिडसन। 

images
images
images

देशमा राजा हुँदा राजपरिवारका सदस्यले गर्ने काम र उपभोग गर्ने सवारीसाधन दरबारका नाममा हुन्थे। जसको दर्तालगायत अन्य कुराको लेखाजोखा हुँदैन थियो। तर गणतन्त्र आएपछि राजा, युवराज तथा राजपरिवारका सदस्यको नाममा भएको सम्पत्तिमा कर लाग्न थाल्यो। दरबारको सम्पत्ति ट्रष्टमा गयो भने व्यक्तिगत सम्पत्ति कानूनको दायरामा सर्वसाधरणको सरह रहने भयो। कानूनको पालना नागरिक भएका राजपरिवारले गर्नुनपर्ने कुरै रहेन। 

images

गएको साउन १५ गते महाराजगञ्जमा पारस शाह हेलमेट नलगाइ मोटरसाइकल चलाएर ट्राफिक प्रहरीको जाँचमा परेका थिए। प्रहरीसँगको धकेलाधकेल भिडियो नै बाहिरिएको थियो। साँझको समयमा हेल्मेट बिना मोटरसाइकल हाँकेका शाहलाई प्रहरीले रोकेर हेल्मेट लगाउन आग्रह गरेको थियो। हेल्मेटबिना मोटरसाइकल हाँकिरहेका शाहलाई प्रहरीले राेकेर हेल्मेट नलगाउनुको कारणबारे सोधपुछ गर्दा शाहले गल्ती स्वीकारेनन्।

images

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका ट्राफिक प्रहरीले हेल्मेटबिना उनलाई अगाडि बढ्न नदिएपछि उनका सहयोगीले हेलमेट ल्याएका थिए। प्रहरीले एकपटक सम्झाएर जानुस् भन्दा पनि नगएपछि प्रहरीसँग धकेलाधकेल गर्दै लफडा परेको थियो। अन्तिममा उनी हेल्मेट लगाएर मोटरसाइकल लिएर गएका थिए। 

images
images

यो घटना अघि नै पनि पारसको हार्ले डेभिडसन चर्चामै थियो। पछिल्लो घटनाले सामाजिक सञ्जालको बहस मोटरसाइकलदेखि राजसंस्थासम्म पुग्यो। महँगो मोटरसाइकल हेल्मेट लगाएर चलाउन किनिएको होइन भन्ने मजाकसँगै पूर्वयुवराजलाई अनावश्यक विवादमा तानिएको भन्नेसम्ममा तर्क देखिए। जस्ता बहस भए पनि नागरिक बनेका राजखलक कानूनभन्दा माथि हुन मिल्दैन नै। तर त्यस्तो भएको पाइँदैन। 

पारसले चढ्ने बा १९ प २९२ नम्बरको  हार्ले डेभिडसन पहिले दरबारकै नाममा दर्ता भएको थियो। अहिले पनि उक्त मोटरसाइकल व्यक्तिको नाममा दर्ता भएको छैन। न त प्रहरीले नै कानूनबाहिर रहेको मोटरसाइकलको कागजात जाँच गरेको छ न त पारस कानूनी प्रक्रियाका लागि कार्यालय गएका छन्। 

यातायात व्यवस्था कार्यालयमा रहेको सवारी दर्ता अभिलेखअनुसार सवारी धनीको फोटा टाँस्नु पर्ने ठाउँमा ‘श्री ५ युवराजधिराज पारस विरविक्रम शाहदेव’ लेखिएको छ। त्यस्तै सवारी धनीको विवरण लेख्नुपर्ने महलमा ‘श्री ५ महाराजधिराज सरकारको निजी सचिवालय’ उल्लेख गरिएको छ। यो मोटरसाइकल २०६१ भदौ ६ गते दर्ता भएको थियो। 

पारसले चढ्दै आएको हार्ले मोटरसाइकलले अहिलेसम्म वार्षिक कर पनि तिरेको छैन। यातायात व्यवस्था विभागले कागजी रुपमा लिने कर २०६१ देखि भेइकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) प्रयोगमा ल्याएर कर लिने व्यवस्था गरेको थियो। उक्त सिस्टममा पारसले चढ्ने मोटरसाइकलको कर तिरेको कुनै विवरण भेटिँदैन। 

मोटरसाइकल आयात गरेपछि त्यसको १५ दिनभित्र यातायात कार्यालयमा दर्ता गरिसक्नु पर्छ। १५ दिनपछि दर्ता गर्दा जरिवाना लाग्ने व्यवस्था छ। सुरुमा आयातकर्ता कम्पनीले आफ्नै नाममा दर्ता गर्ने र पछि बिक्री गरि सम्बन्धित व्यक्तिको नाममा नामसारी गरिन्छ। 

राजाको शासनकालमा महाराजधिराज सरकारको निजी सचिवालयमा दर्ता भएको मोटरसाइकल गणतन्त्र आएपछि नागरिकमा परिणत भएका पारस शाहको नाममा दर्ता हुनुपर्ने थियो। तर अहिलेसम्म उक्त मोटरसाइकल ‘श्री ५ महाराजधिराज सरकारको निजी सचिवालय’ कै नाममा छ। अहिले हुँदै नभएको संस्थाको रुपमा दर्तामा रहनु कानून विपरीतको काम हो। राजसंस्था हटेसँगै राजसंस्थाको नाममा रहेको उक्त मोटरसाइकल स्वत: नेपाल ट्रष्टको नाममा जानुपर्ने हो। तर न त सरकारले उक्त मोटरसाइकल खोजबीन गरेको छ, न त पारस त्यसको कानूनी अधिकारसहित स्वामित्व कायम गर्न गएका छन्। 

paras bike print.jpg
           पारसले चढ्ने बा १९ प २९२ नम्बरको  हार्ले डेभिडसनको कर प्रिन्ट विवरण।

नेपाल ट्रष्टको नाममा कायम हुने उक्त मोटरसाइकल पारसले दाबी गरेको खण्डमा नेपाल सरकारले मन्त्रिपरिषद्‍को निर्णयमार्फत उनलाई दिन सक्नेछ। त्यसको करबारे भने सरकारले मिनाहा गरेमा उनले छुट पाउनेछन्, मिनाहा नगर्दाको अवस्थामा कानून बमोजिम लाग्ने कर पारसले तिर्नुपर्नेछ। सरकारले पारसको मोटरसाइकल जफत गरेर ट्रष्टको सम्पत्तिको रुपमा लिनसमेत सक्नेछ। 

पारसले मोटरसाइकल किनेको समय ६१/६२ मा त्यसको वार्षिक कर १४ सय रूपैयाँ थियो। बागमती प्रदेश सरकारले पछिल्लो १० वर्षका लागि वार्षिक करको जरिवाना मिनाह गरेको छ। जरिवाना मिनाह नगर्दाको अवस्थामा हरेक वर्ष करको ३३ प्रतिशत जरिवाना तिर्नुपर्छ। आर्थिक वर्ष २०६७/६८ सम्मको जरिवाना अहिले पारसले कर तिर्न जाँदा छुट पाउनेछन्। तर हरेक वर्ष जति कर कायम भएको छ उनले त्यहिअनुसार वार्षिक कर तिर्नुपर्नेछ। त्यो रकम ६ लाख रूपैयाँभन्दा बढी पर्न आउँछ। 

पारसले चलाउने मोटरसाइकल हार्ले डेभिडसन ब्रान्डको हो। हार्ले अमेरिकी ब्रान्ड हो जसको इतिहास १ सय वर्षभन्दा पुरानो छ। हार्ले डेभिडसन ब्रान्ड नेपालमा २०७५ मा औपचारिक रुपमा प्रवेश गरेको थियो। यो भन्दा पहिले नेपालमा दरबारले नै भित्र्याएको थियो। हार्ले सफ्टेल हेरिटेज १९९५ मोडल हो। १ हजार ३ सय ३७ सीसी इन्जिन क्षमताको यो मोटरसाइकलले ४ हजार ९ सय आरपीएममा ४८ एचपी पावर दिन्छ। त्यस्तै २ हजार ४ सय आरपीएममा ८६.३ एनएम टर्क जेनेरेट गर्छ। 

हार्ले डेभिडसनको नेपालका लागि आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्सले गैह्रीधारामा डेढ करोड रूपैयाँ खर्चेर सोरुम बनाएको थियो। आईएमई अटोमोटिभ्सले हार्लेका दुई वटा फ्याट बोइ र अन्य एक दर्जन मोटरसाइकल बिक्री गरेको थियो। आईएमईले हार्ले ल्याएकै वर्ष मोटरसाइकलमा उल्लेख्य कर वृद्धि भएको थियो। कर वृद्धिका कारण कम्पनीले अपेक्षा गरेअनुरुप मोटरसाइकल बिक्री गर्न सकेन। त्यसैको परिणामस्वरुप कम्पनीले करिब डेढ करोड खर्चेर बनाएको सोरुम बन्द गरेको छ।

images

प्रकाशित : बिहीबार , भदौ २४ २०७८१२:५६
  • सम्बन्धित विषय:

  • # हार्ले डेभिडसन
  • # पारस शाह
  • # राजसंस्था
  • # गणतन्त्र


  • प्रतिक्रिया दिनुहोस