काठमाडौं- अर्थ मन्त्रालयका ६ जना सहसचिव बाहिरिएका छन्।
सामान्य प्रशासन मन्त्रालयले अर्थका धनिराम शर्मा, सुमन दाहाल, झक्क आचार्य, ज्ञानेन्द्र पौडेल, यमलाल भुसाल र श्यामप्रसाद भण्डारी अर्थबाट बाहिरिएका हुन्।
सामन्यले श्याम भण्डारी बाहेक सबै सहसचिवलाई प्रदेशमा पठाएको हो।
ज्ञानेन्द्र पौडेल गण्डकीको पर्यटन उद्योग मन्त्रालय, यमलाल भुसाल वागमती प्रदेशको मुख्यमन्त्री कार्यालय, सुमन दाहाल प्रदेश १ को आर्थिक मामिला, धनिराम शर्मा वागमती प्रदेशको आर्थिक मामिला मन्त्रालय, झक्कप्रसाद आचार्य कर्णाली प्रदेशको आन्तरिक मामिला मन्त्रालय र श्यामप्रसाद भण्डारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सुरुवा भएका छन्।
त्यस्तै राष्ट्रिय दलित आयोगमा रहेका नवराज ढुंगाना अर्थ मन्त्रालय पुगेका छन्।