शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सहुलियत मूल्य पसल : कुन सामानमा कति छुट

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २९ २०७८
सहुलियत मूल्य पसल : कुन सामानमा कति छुट

सरकारले चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ गतेबाट सहुलियत मूल्य पसल देशभर सञ्चालनमा ल्याउने भएको हो। पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुने भएको छ।

काठमाडौं- सरकारले चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ गतेबाट सहुलियत मूल्य पसल देशभर सञ्चालनमा ल्याउने भएको हो। पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुने भएको छ।

सहुलियत मूल्य पसल कम्पनीको उपस्थिति रहेका ३९ जिल्लाको ४३ ठाउँमा हुने छ। यसरी सञ्चालन हुने पसलमा सबै किसिमको चामल, गहुँ सबै किसिमको दाल, चिउरा आटा/पिठो, तोरीको तेल, सनफ्लावर तेलमा प्रति किलो/प्रति लिटर ५ रुपैयाँ र भटमासको तेलमा प्रति लिटर १० रुपैयाँ उपभोक्त्ताले छुट पाउने छन्।

यसैगरी, कर्णालीको सिमि/फापरको दानामा प्रति किलो १० रुपैयाँ र जिउँदो खसी/बोकामा प्रतिकिलो १० रुपैयाँ पाउने कम्पनीले जनाएको छ।


प्रकाशित : मंगलबार, भदौ २९ २०७८१०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend