शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

राजमार्ग मर्मतको माग गर्दै आन्दोलन, मिर्चैया सडकखण्ड अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २९ २०७८
राजमार्ग मर्मतको माग गर्दै आन्दोलन, मिर्चैया सडकखण्ड अवरुद्ध

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रेका छन्। 

सिरहा– पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रेका छन्। 

राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयवासी सडक मर्मतको मागसहित आन्दोलनमा उत्रेका हुन्। 

आन्दोलन अन्तर्गत स्थानीयवासीले आइतबार र सोमबार केही बेर पूर्व-पश्चिम राजमार्गको मिर्चैया सडकखण्ड अवरुद्ध पारेर विरोध जनाएका थिए। तत्काल सडक मर्मत नभए अझ कडा आन्दोलनमा उत्रिने स्थानीयवासीको भनाइ छ। 

दैनिक हजारौँ सवारीसाधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दा पनि सम्बन्धित सरोकारवाला निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासी बताउँछन्। राजमार्गको ठाउँठाउँमा गरिएको कालोपत्र अघिल्लो वर्षको असार साउन महिनाको अविरल वर्षाका कारण मिर्चैयामा भत्केका सडकको झण्डै एक वर्ष भन्दा बढी समय बिते पनि टालटुलसमेत हुनसकेका छैन। 

खासगरी पूर्वमा कटारी चोकदेखि पश्चिममा मिर्चैया थाना चोकसम्म रहेका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ। मिर्चैयाको थाना चोक, कटारी चोक र पश्चिम बस विसौनीमा रहेका ठूल–ठूला खाल्डाखुल्डीले पैदल आवतजावत गर्न समेत समस्या भइरहेको छ। 

एकातिर सडकमा रहेका खाल्डाखुल्डी पार गर्नका लागि चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढे्को स्थानीय व्यापारी अशोक साहले बताए। राजमार्गमा रहेका समस्यालाई समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक जानकारी गराए पनि कुनै चासो नदिएको व्यापारी साहको भनाइ छ।

राजमार्गको केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी हुँदासमेत सडक डिभिजन कार्यालय लहानले कालोपत्र गरेर दिगो समाधान गर्न तर्फ ध्यान नदिएको स्थानीयवासीको भनाइ छ। 

यता मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले सडकको दुर्दशाप्रति आफूहरु पनि चिन्तित रहेको उल्लेख गर्दै सडकको समस्या समाधानका लागि पहल गरिरहेको बताउँछन्। रासस


प्रकाशित : मंगलबार, भदौ २९ २०७८१०:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend