शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

प्रतिस्थापन विधेयक पारित नहुँदै संसद बैठक स्थगित

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २९ २०७८
प्रतिस्थापन विधेयक पारित नहुँदै संसद बैठक स्थगित

प्रतिस्थापन विधेयक पारित नहुँदै संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ। अघिल्लो सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक भदौ ३० गतेसम्म पारित नभए स्वतः निष्क्रिय हुने व्यवस्था छ।

काठमाडौं- प्रतिस्थापन विधेयक पारित नहुँदै संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ। अघिल्लो सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक भदौ ३० गतेसम्म पारित नभए स्वतः निष्क्रिय हुने व्यवस्था छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत भने गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो। तर संशोधनसहित बजेट पारित भने नभइ बैठक स्थगित गरियो। 

बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदले अवरोध कायमै राखेका थिए। प्रस्तावलाई स्वीकृत गर्नुपूर्व बैठकमा विधेयकउपर सैद्धान्तिक छलफल भई उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए।

 


प्रकाशित : मंगलबार, भदौ २९ २०७८०८:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend