बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

बजेट सन्तुलित छ, संसदलाई जनताको बलिदानको धज्जी उडाउने थलो बनाउनु हुँदैन : प्रधानमन्त्री ओली

images
मंगलबार, असार १० २०८२
images
images
बजेट सन्तुलित छ, संसदलाई जनताको बलिदानको धज्जी उडाउने थलो बनाउनु हुँदैन : प्रधानमन्त्री ओली

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्ताे बताएका हुन्।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रुपमा ल्याइएको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्ताे बताएका हुन्।

images
images
images

खर्च कटौतीको प्रस्ताव राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित थियाे।

images
images

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राज्यको पर्याप्त क्षमता नहुँदा बजेटमाथि सबै सांसदहरु सन्तुष्ट हुने स्थिति नआएकाले आगामी दिनमा सन्तुलन कायमको प्रयास गरिने आश्वासन दिएका छन्।

images
images
images

‘हामीलाई छिटो र धेरै ठाउँमा विकास चाहिएको छ तर बजेट कम छ। त्यसकारण बजेटमा सबै सांसद सन्तुष्ट हुन नसक्ने स्थिति हुन सक्छ। माग र आपूर्तिको असन्तुलन मिलाउन आगामी दिनमा ध्यान दिइनेछ’ प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई लगानीको आवश्यकता छ, यसका लागि निजी क्षेत्र र वैदेशिक लगानी ल्याउनु परेको छ. लगानीको आवश्यकता, विश्लेषण र योजनाका लागि लगानी बोर्डबाट प्रभावकारी काम गरिनेछ।’

प्रधानमन्त्री ओलीले संसद जनताको बलिदान, संघर्ष र सपनालाई साकार पार्ने थलो भएकाले सदनमा लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने खालका हल्काफुल्का टिप्पणी नगर्न आग्रह गरे। उनले विद्यमान व्यवस्थालाई अझ प्रभावकारी बनाउने गरी संविधानको संशोधनमा सरकार लाग्ने भएकाले संविधान र प्रणालीको अपमान हुने खालका कुरा नगर्न आग्रह गरेका छन्।

‘यो प्रणाली र संविधानको रक्षा गरौँ। यसको कार्यान्वयन गर्दै मुलुकलाई समृद्ध, नेपाल सुखी नेपालीको गन्तव्य पूरा गर्ने सवालमा सरकार अघि बढेको छ। यसमा सबै ढुक्क भए हुन्छ’  प्रधानमन्त्री ओलीले भने।

साथै आफूमाथि गरिएको गाली र अपमान सहने तर सहिद, जनताको बदिदान र विद्यमान व्यवस्थाप्रतिको अपमान सहन नसक्ने पनि उनले बताएका छन्। संसद जनताको बलिदानको धज्जी उडाउने र प्रणालीको अपमान गर्ने थलो हुन नसक्ने उनकाे भनाइ छ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगका योजना बैंकको व्यवस्था गरी तीन करोडभन्दा कमका आयोजना नराखिएको नीति तर्जुमा गरिएको जनाउँदै आगामी वर्षमा यसको प्रभावकारी कार्यान्वयनका लागि जोड दिइने बताएका छन्।

राज्यका सबै निकायलाई विकास निर्माण र सुशासनका लागि प्रभावकारी रुपमा काम गरेर जनअपेक्षाअनुरुप सम्मुनतिको मार्गमा अघि बढाउन सरकार प्रयासरत रहेको स्पष्ट गर्दै सरकारलाई कसैका विरुद्ध कुनै खेल खेल्ने फुर्सद नभएकाले खेल खेल्यो भन्ने खालका प्रचार नगर्न आग्रह गरे। रासस


प्रकाशित : मंगलबार, असार १० २०८२१७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend