मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

सुपेरियर मोटर्स भन्छ - साइमेक्स इंकबाट दबाब आएको छैन, डिलर छाड्ने मनस्थिति बनाएका छैनौँ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार ९ २०८२
images
images
सुपेरियर मोटर्स भन्छ - साइमेक्स इंकबाट दबाब आएको छैन, डिलर छाड्ने मनस्थिति बनाएका छैनौँ

सुपेरियर मोटर्स प्रालि त्यही डिलर हो जसले धरानमा सामान्य दुर्घटनामा परेको बीवाईडी एटो थ्रीको मर्मत खर्च ५० लाख ५८ हजार रुपैयाँ लाग्ने बताएर १ सय ४२ वटा पार्टपुर्जा फेर्नुपर्ने कोटेसन उपभोक्तालाई थमाएको थियो।

images
images

काठमाडौं- विराटनगरमा रहेको बीवाईडीको शोरुम तथा सर्भिस सेन्टर सञ्चालन गरिरहेको सुपेरियर मोटर्सले बिजनेस न्युजमा प्रकाशित ‘पोखराको डिलरले छाड्यो बीवाईडी : भक्तपुर, विराटनगर, पुल्चोक र बुटवल डिलर साइमेक्सका कारण तनावमा’ शीर्षकको समाचारमा आफूहरूको ध्यानाकर्षण भएको जनाएको छ। 

images
images
images

साइमेक्सले गत वर्षदेखि डिलरहरुलाई ठूलो संख्यामा एलसी खोल्न लगाएर गाडी दिएको र त्यसको पेमेन्ट साइकल मिलाउन नसकेको, त्यसकाबीच थप गाडी उठाउन भनेकोलगायत कारणले डिलरहरु तनावमा रहेको बारेमा प्रकाशित समाचारमा ‘विराटनगर’ उल्लेख गरेको भन्दै ध्यानाकर्षक भएको जनाएको छ। 

images
images

'साइमेक्स इंक प्रालिबाट कुनै प्रकारको दबाब सिर्जना गरिएको छैन र हामी डिलरसिप परित्याग गर्ने कुनै पनि मनस्थिति वा प्रक्रिया अन्तर्गत छैनौँ, समाचारले ग्राहकवर्गमा भ्रम र अविश्वासको वातावरण सिर्जना गर्नुका साथै हाम्रो व्यापारिक गतिविधिमा गम्भीर प्रभाव पार्न सक्ने जोखिम रहन्छ' सुपेरियरले भनेको छ। 

images
images
images

सुपेरियर मोटर्स प्रालि त्यही डिलर हो जसले धरानमा सामान्य दुर्घटनामा परेको बीवाईडी एटो थ्रीको मर्मत खर्च ५० लाख ५८ हजार रुपैयाँ लाग्ने बताएर १ सय ४२ वटा पार्टपुर्जा फेर्नुपर्ने कोटेसन उपभोक्तालाई थमाएको थियो। उक्त एटो थ्रीको बजार मूल्य भने ५६ लाख ९० हजार रुपैयाँ थियो। 

बीमाबाट असुलि गर्न र बीवाईडीका पार्टस महँगो पर्छ भनेर सावित गर्न बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकसँगको मिलेमतोमा सामान्य बम्पर कुच्चिएको एटो थ्रीको हाइभोल्टेज ब्याट्री नै फेर्नुपर्ने कोटेसन दिइएको थियो। 

हालैमात्र पोखरमा रहेको बीवाईडीको डिलर प्लगइन अटोमोबाइल्स प्रालिले बीवाईडी ब्रान्ड छाडेको छ। आधिकारिक बिक्रेता साइमेक्स इंकले डिलरलाई अतिरिक्त दबाब दिँदै गएपछि पोखराको डिलरले बीवाईडीका कार बिक्री गर्न छाडेको जनाएको छ।

त्यस्तै भक्तपुरस्थित बीवाईडीको डिलर पनि आधिकारिक बिक्रेताबाट अतिरिक्त दबाब झेल्न कठिन हुँदै गएकाले छाड्ने अवस्थामा छ। भक्तपुरमा अहिले रहेको बीवाईडीको डिलर दोस्रो हो। बीवाईडीको पहिलो भक्तपुर डिलर जी ईभी नेपाल प्रालिले करिब दुई वर्षअघि नै बीवाईडीका कार बिक्री गर्न छाडेको थियो। इटहरी र विराटनगरका बीवाईडी डिलरले पनि ब्रान्ड छाडेपछि दोस्रो डिलर नियुक्त भएका थिए।   

बुटवल र धनगढीमा पनि यसअघिका बीवाईडी डिलरहरूले यो ब्रान्डको बिक्री छाडेका कारण साइमेक्स इंकले नयाँ डिलर नियुक्त गरेको थियो। 

कम्पनीले बिक्री हुनेभन्दा बढी संख्यामा स्थानीय एलसी खोल्न दबाब दिइरहँदा डिलरहरू संकटतर्फ धकेलिने अवस्था आएको हो। साइमेक्ससँग नजिक रहेका कारण पछिल्लो पटक सबैभन्दा धेरै दबाबमा पुल्चोक डिलर रहेको छ। 

गतवर्ष बजेटअघि साइमेक्स इंकले १४ सय वटा कार आयात गरेको थियो। उक्त कारको इन्भेन्ट्री सक्न साइमेक्सले स्थानीय डिलरलाई एकैपटक १ सय ८० वटाभन्दा बढी गाडीको एलसी खोल्न लगाएको थियो। ९० दिनको पेमेन्ट साइकलमा खोलिएको उक्त एलसीको भुक्तानीको दबाब डिलरहरूले अहिले पनि झेलिरहेको एक डिलर प्रतिनिधिले बताए। 

‘एक महिनामा काठमाडौंबाहिरको एउटा डिलरले औषतमा बिक्री गर्ने भनेको १०/१५ वटा कार हो। एकैपटक १ सय ८० वटासम्म कारको दबाब दिएर एलसी खोलाउने अनि ९० दिनमा सबै गाडीको भुक्तानी गर भन्ने। १०/१५ गाडी बिक्री गरेर त्यत्रो धेरै भुक्तानी कसरी गर्न सकिन्छ,’ ती डिलर प्रतिनिधिले भने, ‘फेरि अर्को महिनाबाट मासिक १०/१५ वटा गाडीको एलसी खोल भनेर दबाब दिने गरियो। यसरी त डिलर कसरी बाँच्न सक्छ? यही प्रवृत्ति रहे अबको केही वर्षभित्र साइमेक्स आफैँले देशभर डिलर बनाउनु पर्ने अवस्था आउनेछ उसको डिलर बन्न कोही पनि तयार हुने देखिँदैन।’ 

यस्तोमा देशभरका बीवाईडी डिलरको अवस्था उस्तै हुँदा विराटनगरको डिलरले भने साइमेक्स इंकको थप दबाब आउन सक्ने देखेर पनि आफूलाई आधिकारिक बिक्रेता कम्पनी साइमेक्स इंकले कुनै दबाब नदिएको धारणा व्यक्त गरेको हो।

पोखराको डिलरले छाड्यो बीवाईडी : भक्तपुर, विराटनगर, पुल्चोक र बुटवल डिलर साइमेक्सका कारण तनावमा पोखराको डिलरले छाड्यो बीवाईडी : भक्तपुर, विराटनगर, पुल्चोक र बुटवल डिलर साइमेक्सका कारण तनावमा सर्भिसमा बीवाईडीको मनोमानी : ५६ लाख ९० हजारको एटो थ्री मर्मत गर्न ५० लाख ५८ हजार रुपैयाँ सर्भिसमा बीवाईडीको मनोमानी : ५६ लाख ९० हजारको एटो थ्री मर्मत गर्न ५० लाख ५८ हजार रुपैयाँ


प्रकाशित : सोमबार, असार ९ २०८२१८:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend