शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

दसैँका लागि असोज दोस्रा साताबाट अग्रिम टिकट बुकिङ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २९ २०७८
दसैँका लागि असोज दोस्रा साताबाट अग्रिम टिकट बुकिङ
फाइल तस्बिर

विभागले यातायात व्यवसायीहरुसँग छलफल गरेर टिकटको अग्रिम बुकिङ खुला गर्ने तयारी गरेको हो।

काठमाडौं- यातायात व्यवस्था विभागले दसैंका लागि अग्रिम टिकट बुकिङ असोज दोस्रो सातादेखि खुलाउने प्रस्ताव गरेको छ। विभागले यातायात व्यवसायीहरुसँग छलफल गरेर टिकटको अग्रिम बुकिङ खुला गर्ने तयारी गरेको हो।

विभागले सरोकारवालाहरुसँग एक चरणको छलफल गरिसकेको जनाएको छ। कोरोना भाइरसका कारण अघिल्लो वर्ष दसैंमा सार्वजनिक याताया निक्कै कम चलेका थिए भने अग्रिम टिकट बुकिङ खुलाइएको थिएन। 

याे वर्ष असाेज २१ गतेदेखि दसै‌ सुरु हुँदै छ। विभिन्न उद्देश्यले काठमाडाै‌ सिहत सहरमा अस्थायी बसाेबस गर्दै ‌‍‍आएका मानिसहरु दसै‌ मान्न जन्मथलाे जाने गरेका छन्।

यो वर्ष कोरोना संक्रमण कम हुँदै गएको र यात्रुलाई दसैंमा गन्तव्य पुग्न सहज होस भनेर टिकट बुकिङ खुलाउने विषयमा छलफल थालिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए। ‘पहिलो चरणमा व्यवसायीहरुसँग छलफल भइसकेको छ,’ उनले भने, ‘दोस्रो चरणको छलफलबाट कहिलेदेखि टिकट बुकिङ खुला गर्ने भन्ने विषय टुंगिन्छ होला।’ 

अग्रिम टिकट बुकिङको विषयमा विभागसँग पहिलो चरणमा छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलााले बताए। ‘अहिले नै अग्रिम बुकिङको विषय टुंगिएको छैन,’ सिटौलाले भने, ‘अर्को चरणमा छलफल गरेपछि मात्र कहिलेदेखि बुकिङ खोल्ने निर्णय हुनेछ।’ 

सरकारले केही समयअघि राष्ट्रिय स्तरमा वैज्ञानिक भाडा समायोजन गरेको भएपनि अन्तरप्रदेशमा समायोजन भएको छैन। व्यवसायीहरुले अन्तर प्रदेश भाडा समायोजनको माग समेत राखेका छन्। 


प्रकाशित : मंगलबार, भदौ २९ २०७८०६:४५
  • सम्बन्धित विषय:

  • # टिकट बुकिङ
  • # अग्रिम बुकिङ
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend