शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

निर्धारण भयो शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

images
शनिबार, वैशाख २७ २०८२
images
निर्धारण भयो शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रूपैयाँ ०७ पैसा छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रूपैयाँ ०७ पैसा छ।

images
images
images

यस्तै, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रूपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रूपैयाँ ७७ पैसा, स्विस फ्रयांक एकको खरिददर १६४ रूपैयाँ ०९ पैसा र बिक्रीदर १६४ रूपैयाँ ८१ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३८ पैसा, सिंगापुर डलर एकको खरिददर १०५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १०५ रूपैयाँ ५१ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

images
images

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ३९ पैसा र बिक्रीदर नौ रूपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८२ पैसा र बिक्रीदर १८ रूपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा तोकेको छ।

images
images

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रूपैयाँ १३ पैसा र बिक्रीदर ४ रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिंगटे एकको खरिददर ३१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८६ पैसा निर्धारण भएको छ। यसैगरी, साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ७४ पैसा र बिक्रीदर ९ रूपैयाँ ७८ पैसा कायम भएकाे छ। 

स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०५ पैसा र बिक्रीदर १४ रूपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ५६ पैसा र बिक्रीदर २० रूपैयाँ ६५ पैसा तोकिएको छ। राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५२ पैसा र बिक्रीदर १७ रूपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ३५ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ११ पैसा कायम भएको छ।

ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ६१ पैसा रहेको छ। यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ। रासस 


प्रकाशित : शनिबार, वैशाख २७ २०८२११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend