शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

तपाईंले किनेको सिमेन्टको मिति गुज्रेको-नगुज्रेको कसरी थाहा पाउने?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २८ २०७८
तपाईंले किनेको सिमेन्टको मिति गुज्रेको-नगुज्रेको कसरी थाहा पाउने?

कुनै पनि भौतिक संरचना निर्माणमा सिमेन्ट अतिआवश्यक निर्माण सामाग्री हो। सिमेन्ट पनि खाद्य सामग्री जस्तै उत्पादन भएको निश्चित अवधिभित्र उपयोग गरिसक्नु पर्छ। नत्र सिमेन्टको म्याद सकिन्छ।

काठमाडौं- कुनै पनि भौतिक संरचना निर्माणमा सिमेन्ट अतिआवश्यक निर्माण सामाग्री हो। सिमेन्ट पनि खाद्य सामग्री जस्तै उत्पादन भएको निश्चित अवधिभित्र उपयोग गरिसक्नु पर्छ। नत्र सिमेन्टको म्याद सकिन्छ।

नेपाल अहिले ६१ उद्योगले सिमेन्ट उत्पादन गरिरहेका छन्। सिमेन्टको बोरामा प्रत्यक्ष रुपमा उत्पादन मिति उल्लेख भने गरिएको हुँदैन। सिमेन्ट उत्पादन कम्पनीले सिमेन्टको बोरामा उल्लेख गर्ने उत्पादन ब्याच नम्बरबाट नै उत्पादन भएको समय थाहा पाउन सकिन्छ। गुणस्तर तथा नापतौल विभागले सिमेन्टको बोरामा उत्पादनन मिति स्पष्ट रुपमा उल्लेख गर्नु पर्ने नियम ल्याए पनि उद्योगले लागू भने गरेका छैनन्।

सिमेन्ट उत्पादन कम्पनीले सिमेन्ट उत्पादनको समयमा बोरामा कम्पनीले व्याच नम्बर लेखेको हुन्छ। यही व्याच नम्बरका आधारमा सजिलैसगँ सिमेन्टको उत्पादन मिति र अन्तिम मिति पत्ता लगाउन सकिने विभागका महानिर्देशक विश्व बाबु पुडासैनीले बताए। सिमेन्टको बोरामा सिमेन्ट उत्पादन गर्दा कम्पनीले ५२ सातामा ५२ वटा ब्याच नम्बर उल्लेख गरेका हुन्छन्। त्यही ब्याच नम्बरको आधारमा सिमेन्टको उत्पादन नम्बर थाहा पाउन सकिन्छ। 

जस्तै २०७८ वैशाख १ गते देखि ७ गते सम्मको समयमा उत्पादन गरिएको सिमेन्टमा २०७८/१  लेखिएको हुन्छ। यो भन्नुको अर्थ त्यो सिमेन्ट २०७८ बैशाखको पहिलो साता उत्पादन भएको बुझनु पर्छ।

बोरामा २०७८/५२ लेखिएको छ भने त्यो सिमेन्ट २०७८ चैतको अन्तिम हप्ता उत्पादन गरिएको हो भनी बुझ्नु पर्छ। यसरी उत्पादन गरिएको सिमेन्ट सहि तरिकाले स्टोर गरेर राखिएको छ भने ३ महिना भित्रमा प्रयोग गर्न सकिने गुणस्तर विभागले जनाएको छ। 

त्यसैले ग्राहकले सिमेन्ट किन्दा सिमेन्टमा लेखिएको व्याच नम्बर हेरेर खरिद गर्नु पर्छ। पछिल्लो समयमा उत्पादन गरिएको व्याच नम्बर उलेख गरिएको सिमेन्ट खरिद गर्नु राम्रो हुने पुडासैनीले बताए। व्याच नम्बर हेरेर मात्र किन्ने हो भने म्याद सकिएको सिमेन्ट पर्नेबाट जोगिन सकिन्छ। यसकालाई उपभोक्ता आफैं सचेत हुनुपर्ने हुन्छ। 

सिमेन्ट किन्दा पसलले सिमेन्ट कसरी स्टोर गरेर सुरक्षित तरिकाले राखेको छ त्यसमा पनि ध्यान दिनु पर्ने विभागले जानकारी दिएको छ। सिमेन्ट कसरी स्टोर गरेर राखेको छ भन्ने कुराको पनि सचेतना आवश्यक रहेको पुडासैनीले बताए। चिसो ठाउँमा राखिएको सिमेन्टमा ओस आउने र डल्ला पर्ने हुनसक्छ।


प्रकाशित : सोमबार, भदौ २८ २०७८१०:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend