शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नीति तथा कार्यक्रम देशको हित र अग्रगामी निकासका लागि : सांसद ढुंगाना

images
सोमबार, वैशाख २२ २०८२
images
नीति तथा कार्यक्रम देशको हित र अग्रगामी निकासका लागि : सांसद ढुंगाना

सरकारले यो नीति तथा कार्यक्रममार्फत दोहोरोपन हुन नदिने र व्यवस्थित भएर जाने भनेको छ।

images
images

काठमाडौं- नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नीति तथा कार्यक्रम देशको हित र अग्रगामी निकासका लागि आएको बताएका छन्। आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सबै क्षेत्रलाई समेटेर योजना ल्याइएको बताएका हुन्। 

images
images
images

‘नीति तथा कार्यक्रम सरकारको आँखा हो, पहिलेका कार्यक्रममा  योजना छरिन्थ्यो। तीनै तहले एउटै कार्यक्रम राख्ने र दोहोरोपन हुन्थ्यो’ सांसद ढुंगानाले भन्छन्, ‘सरकारले यो नीति तथा कार्यक्रममार्फत दोहोरोपन हुन नदिने र व्यवस्थित भएर जाने भनेको छ।’

images
images

सिँचाइ योजना व्यवस्थापन गर्नुपर्ने उनको सुझाव थियो। नीति तथा कार्यक्रम विकासको बजेट योजनाअनुसार कार्यवधिभर सम्पन्न गर्ने संकेत देखाएको उनको भनाइ छ।

images
images

साथै सरकारले कृषिमा जोड दिँदै गर्दा सिँचाइ, बजारीकरण र त्यसको व्यवस्थापन गर्न नसके विकासका जति ठूला कुरा गरेपनि काम नलाग्ने बताए। रासस 


प्रकाशित : सोमबार, वैशाख २२ २०८२१६:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend