शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

अवैधरुपमा रेन्ज रोभर आयात गरेको काइरोसलाई अन्तरिम आदेश दिन अस्वीकार, भन्सार छलेको राजस्व असुल्ने बाटो खुल्यो

images
बुधबार, वैशाख १७ २०८२
images
अवैधरुपमा रेन्ज रोभर आयात गरेको काइरोसलाई अन्तरिम आदेश दिन अस्वीकार, भन्सार छलेको राजस्व असुल्ने बाटो खुल्यो

काइरोस इन्टरनेसनलले दायर गरेको रिटमाथि बुधबार छलफपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

images
images

काठमाडौं- सुक्खा बन्दरगाह भन्सार कार्यालयले रेन्ज रोभर कार 'अन्डर इनभ्वोइस' भएको निर्णयविरुद्ध काइरोस इन्टरनेसनलले दायर गरेको मुद्दामा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिदिएको छ। काइरोस इन्टरनेसनलले दायर गरेको रिटमाथि बुधबार छलफलपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

images
images
images

अवैधरुपमा रेन्ज रोभर कार आयात गरेको काइरोस इन्टरनेसनलले सुक्खा बन्दरगाह भन्सार कार्यालयको निर्णयविरुद्ध बैशाख १० गते उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा मुद्दा दायर गरेको थियो। सोही दिन भएको बहसपछि अस्थायी इजलास वीरगञ्जका न्यायाधीश अर्जुन महर्जनको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै बैशाख १७ गतेका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो।

images
images

बुधबार दुवै पक्षसँग छलफल गरेर उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा खुशीप्रसाद थारु र हरिप्रसाद जोशीको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय दिएको हो। इजलासले उक्त मुद्दालाई अग्राधिकारमा राखेर सुनुवाइ गरेको थियो। 

images
images

योसँगै सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियालाई आफ्नो निर्णय कार्यान्वयनको बाटो खुलेको छ। भन्सार कार्यालयले काइरोस इन्टरनेसनलले ६७ हजार ५ सय २० डलरमा ल्याएको ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्ट कार अन्डर इनभ्वाइस भएको पुष्टि गर्दै ८६ हजार अमेरिकी डलर मूल्य कायम गरिदिएको थियो।

भन्सार विभागको उक्त निर्णयलगत्तै काइरोस इन्टरनेसनल प्रालि जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगञ्जमा मुद्दा लिएर पुगेको थियो। भन्सार विभागको निर्देशनपछि सुक्खा बन्दरगाह कार्यालय सिर्सियाले काइरोस इन्टरनेसनललाई निर्धारण भएको थप कर तथा जरिवानाको पत्र पठाएको थियो। उक्त पत्र पाउनेबित्तिकै काइरोस इन्टरनेसनल सुक्खा बन्दरगाह कार्यालयको निर्णय कार्यान्वयन नगराउन माग गर्दै मुद्दा लिएर उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज पुगेको थियो।

बैशाख १० गतेअघि नै काइरोसले जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगञ्जमा मुद्दा दायर गरेको थियो। उक्त इजलासले बैशाख १० गते नै अल्पकालीन अन्तरिम आदेश दिएको थियो। काइरोस इन्टरनेसनल प्रालिका तर्फबाट राजेश शर्माले सुक्खा बन्दरगाह भन्सारविरुद्ध मुद्दा दायर गरेका थिए। बैशाख ३ गते सुक्खा बन्दरगाह कार्यालयले काइरोस इन्टरनेसनलले आयात गरेको रेन्ज रोभर स्पोर्ट कारमा अन्डर इनभ्वोइस भएको निर्णय गरेर काटेको पत्र तत्काल कार्यान्वन नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको थियो।

काइरोस इन्टरनेसनल प्रालिले उत्पादक कम्पनी वा उसले तोकेको बिक्रेता कम्पनीसँग नभइ अर्कै कम्पनी खडा गरेर ल्यान्ड रोभर रेन्ज रोभरको कार आयात गरेर ल्याएको थियो। काइरोसले आयात गरेको ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्ट कार गएको माघ २७ गते आइतबार भन्सार जाँचपास भएर नेपाल भित्रिएको थियो।

उक्त कार आधिकारिक बिक्रेता नै नभएको कम्पनीले कहाँबाट र कसरी आयात गर्‍यो र यसरी अवैध बाटोबाट आयात भएको रेन्ज रोभर कार भन्सारले कसरी जाँचपास गर्‍यो? बिजनेस न्युजले समाचार प्रकाशित गरेको थियो। वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट उक्त गाडी जाँचपास भएको थियो।

बेलायती विलासी कार उत्पादक कम्पनी ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)ले नेपालमा आधिकारिक बिक्रेता नरहेको बताइसक्दा ल्यान्ड रोभरको कार भन्सार जाँचपास भएको थियो। भन्सार कानूनअनुसार उत्पादन कम्पनी वा उत्पादक कम्पनीले तोकको कम्पनीबाट मात्र सवारी आयात गरेर ल्याउने पाइन्छ।

भन्सार कार्यालयको अनुसन्धानपछि काइरोस इन्टरनेसनलले ल्याएको ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्टस कारमा अन्डर इन्भोइस भएको निष्कर्ष निकालेर आयातकर्तालाई पत्र काटिसकेको थियो। विश्व बजारमा उक्त कारको मूल्य ९० हजार अमेरिकी डलरभन्दा बढी रहेको छ। तर काइरोसले उक्त कार सीआईएस (सामानको मूल्य, भाडा तथा बीमासमेत) मूल्य नै जम्मा ६७ हजार ५ सय २० अमेरिकी डलरमा आयात गरेर ल्याएको थियो। 

काइरोसले रेन्ज रोभर स्पोट्र्स कार अमेरिकाबाट ल्याएको भन्सारमा घोषणा गरेको थियो। अमेरिकाबाट उक्त कार ल्याउन भाडा र बीमा नै कम्तिमा ४ देखि ५ हजार डलर लाग्छ। त्यसरी हेर्दा यो रेन्ज रोभर स्पोर्टस कार ६० हजार डलर हाराहारीमा खरिद गरेको देखिन्छ। 

भन्सार विभागले ६७ हजार ५ सय २० अमेरिकी डलरमा खरिद गरिएको उक्त कारको मूल्य ८६ हजार डलर कायम गरेर काइरोस इन्टरनेसनललाई पत्र पठाएको थियो। भन्सार विभागले कारइरोसबाट सोहीअनुसार बाँकी भएको रकममा भन्सार महसुल, अन्तःशुल्क, सडक मर्मत सम्भार दस्तुर, भ्याट र जरीवानासमेत असुल गर्न भनेको छ।

त्यसविरुद्ध काइरोस इन्टरनेसनलले दायर गरेको मुद्दामा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिदिएपछि अब भन्सार कार्यालयलाई नयाँ तय भएको मूल्यअनुसार बाँकी रहेको रकमको भन्सार महसुल, अन्तःशुल्क, सडक मर्मतसम्भार दस्तुर तथा भ्याट र जरिवानासमेत असुल गर्ने बाटो खुलेको छ।

भन्सारले ‘अन्डर इनभ्वोइस’ पुष्टि गरेपछि काइरोसले गुहार्‍यो अदालत भन्सारले ‘अन्डर इनभ्वोइस’ पुष्टि गरेपछि काइरोसले गुहार्‍यो अदालत

काइरोसले अवैध बाटोबाट ल्याएको रेन्ज रोभरमा ‘अन्डर इनभ्वोइस’ भएको पुष्टि काइरोसले अवैध बाटोबाट ल्याएको रेन्ज रोभरमा ‘अन्डर इनभ्वोइस’ भएको पुष्टि

एकैसाथ तीन विलासी ब्रान्ड अउडी, पोर्सा र ल्यान्ड रोभरको आधिकारिक बिक्रेता 'काइरोस इन्टरनेसनल' नै बन्न सम्भव छ? एकैसाथ तीन विलासी ब्रान्ड अउडी, पोर्सा र ल्यान्ड रोभरको आधिकारिक बिक्रेता 'काइरोस इन्टरनेसनल' नै बन्न सम्भव छ?

अवैध बाटोबाट आएको ल्यान्ड रोभर कार भन्सारले कसरी गर्‍यो पास? अवैध बाटोबाट आएको ल्यान्ड रोभर कार भन्सारले कसरी गर्‍यो पास?

ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन


प्रकाशित : बुधबार, वैशाख १७ २०८२१८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend