शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

अवैध बाटोबाट आएको ल्यान्ड रोभर कार भन्सारले कसरी गर्‍यो पास?

images
शुक्रबार, फागुन ९ २०८१
images
images
अवैध बाटोबाट आएको ल्यान्ड रोभर कार भन्सारले कसरी गर्‍यो पास?

काइरोस इन्टरनेसनल प्रालिले ल्यान्ड रोभर मात्र होइन जर्मन ब्रान्ड आउडी, तथा पोर्साका विद्युतीय कारसमेत आयात गर्दै आइरहेको छ। यी सबै कारहरु काइरोसले अवैध बाटोबाट ल्याइरहेको छ। तर भन्सार, वाणिज्य विभाग तथा अर्थमन्त्रालयले कुनै वास्ता गरेको छैन।

images
images

काठमाडौं- बेलायती विलासी कार उत्पादक कम्पनी ज्यागुअर ल्यान्ड रोभरले नेपालमा आधिकारिक बिक्रेता नरहेको बताइसक्दा ल्यान्ड रोभरको एउटा कार भन्सार जाँचपास भएको पाइएको छ।

images
images
images

भन्सार कानूनअनुसार उत्पादन कम्पनी वा उत्पादक कम्पनीले तोकको कम्पनीबाट मात्र सवारी आयात गरेर ल्याउने पाइन्छ। तर उत्पादक कम्पनीले नै आधिकारिक बिक्रेता छैन भन्दासमेत ल्यान्ड रोभरको कार भन्सारले जाँचपास गरेर नेपाल ल्याउन दिएको छ।

images
images

काइरोस इन्टरनेसनल प्रालि नामक कम्पनीले आयात गरेको ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्ट्स कार गएको माघ २७ गते आइतबार भन्सार जाँचपास भएर नेपाल भित्रिएको हो। वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट उक्त गाडी जाँचपास भएको थियो।उक्त कार्यालयले कुनै आधिकारिक बिक्रेताको किर्ते कागजातकै आधारमा काइरोस इन्टरनेसनलले अवैध बाटोबाट ल्याएको ल्यान्ड रोभर रेन्ज रोजर स्पोर्ट्स कार जाँचपास गरेको पाइएको हो।

images
images
images

काइरोस इन्टरनेसनलले उक्त कार्यालयमा आफ्नो बलियो सेटिङ चंगुल बनाएर राखेकै कारण अवैध बाटोबाट ल्याएका सवारी साधन बिनासोधखोज जाँचपास भइरहेको छ। 

काइरोसले ल्याएको ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्ट्स कार अन्डर इन्भोइस गरेर ल्याएको छ। विश्व बजारमा उक्त कारको मूल्य ९० हजार अमेरिकी डलरभन्दा बढी रहेको छ। तर काइरोसले उक्त कार सीआईएस (सामानको मूल्य, भाडा तथा बीमासमेत) मूल्य नै जम्मा ६७ हजार ५ सय २० अमेरिकी डलरमा ल्याएको छ। 

काइरोसले रेन्ज रोभर स्पोर्ट्स कार अमेरिकाबाट ल्याएको भन्सारमा घोषणा गरेको छ। अमेरिकाबाट उक्त कार ल्याउन भाडा र बीमा नै कम्तिमा ४ देखि ५ हजार डलर लाग्छ। त्यसरी हेर्दा यो रेन्ज रोभर स्पोर्ट्स कार ६० हजार डलर हाराहारीमा खरिद गरेको देखिन्छ। यो सरासर अन्डर इन्भाइस पनि हो।  

काइरोस इन्टरनेसनल प्रालिले ल्यान्ड रोभर मात्र होइन जर्मन ब्रान्ड अउडी, तथा पोर्साका विद्युतीय कारसमेत आयात गर्दै आइरहेको छ। यी सबै कार काइरोसले अवैध बाटोबाट ल्याइरहेको छ। तर भन्सार, वाणिज्य विभाग तथा अर्थ मन्त्रालयले कुनै वास्ता गरेको छैन। 

जेएलआरले भन्छ - नेपालमा हाम्रो आधिकारिक बिक्रेता छैन

काइरोसन इन्टरनेसनल प्रालिले आफू ज्यागुअर ल्यान्ड रोभर रोभर (जेएलआर)को आधिकारिक बिक्रेता रहेको दाबी गरेर कार आयात हो। तर काइरोस इन्टरनेसनल ल्यान्ड रोभर कार उत्पादक कम्पनी वा उसले तोकेको कम्पनीबाट आधिकारिक बिक्रेता नियुक्त भएको होइन। 

आधिकारिक बिक्रेता नभइ नेपालमा सवारी आयात गर्न नपाइने कानूनी व्यवस्था रहेको छ। सोहीकारण नेपालमा उत्पादक कम्पनी वा उसले तोकेको कम्पनीबाट मात्र आधिकारिक बिक्रेता नियुक्त भएर सोही कम्पनीबाट गाडी खरिद गरेर ल्याउनु पर्छ। काइरोस इन्टरनेसनलले भने न जेएलआर न त उसले तोकेको कम्पनीबाटै ल्यान्ड रोभरको कार खरिद गरेर ल्याएको हो। काइरोसले त जेएलआरले चिन्दै नचिनेको कम्पनीबाट कार खरिद गरेर ल्याएको छ। 

जेएलआरले नेपालमा आफ्नो कुनै आधिकारिक बिक्रेता कम्पनी नरहेको बताएको छ। बिजनेस न्युजले जेएलआर एसिया प्यासिफिकलाई इमेलमार्फत नेपालमा आधिकारिक बिक्रेता भए/नभएको जिज्ञासा राखेको थियो। उक्त जिज्ञासाको जवाफमा जेएलआरको एसिया प्यासिफिकले हालसम्म नेपालमा आफ्नो आधिकारिक बिक्रेता कम्पनी नभएको प्रष्ट पारेको छ। 

जेएलआरले इमालमार्फत भनेको छ, ‘ज्यागुअर र ल्यान्ड रोभर सवारी, पार्ट्स र एसोसिरिज उत्पादक ज्यागुअर ल्यान्ड रोभर लिमिटेड नेपालमा आफ्नो आधिकारिक बिक्रेता नभएको पुष्टि गर्छ। कुनै पनि व्यवसायीले नेपालमा आधिकारिक आयात, वितरक र जेएलआरको उत्पादन बिक्री गर्छु भनिरहेको छ भने त्यो 'नन-अथोराइज्ड' हो।’ 

जेएलआरको उक्त जवाफबाट के प्रष्ट हुन्छ भने काइरोस इन्टरनेसनलले नेपाल ल्याएको ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्ट्स कार गैरकानूनी वा अवैध बाटोबाट ल्याएको हो। काइरोसले हङकङमा दर्ता भएको साउथ चाइना एक्जिम लिमिटेडबाट ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्ट्स कार ल्याएको हो।  

साउथ चाइना एक्जिम लिमिटेड नामक कम्पनी हङकङमा करिब ४ वर्षअघि राकेश अडुकियाकै नाममा दर्ता भएको थियो। अहिले भने उक्त कम्पनीको स्वामित्व फेरिएको छ। अडुकियाले यस्तै अवैध काम गर्नका लागि उक्त कम्पनी दर्ता गराएका हुन्।

योमात्र होइन अटोमोबाइल युनिभर्सल डेभलपमेन्ट इन्टरनेसनल(एयूडीआई) नामक कम्पनीसमेत बनाएका छन्। यो कम्पनीले पनि किर्ते आधिकारिक बिक्रेता बनाएर अउडी तथा पोर्साका गाडी काइरोसलाई बेच्दै आएको र काइरोसले नेपाल ल्याएर बिक्री गरिरहेको छ। 

यसरी किर्ते काम गरेर अवैध बाटो हुँदै सवारी आयात गर्न दिँदा विदेशी मुद्रा अपचलनको सम्भावना उच्च हुन्छ। हङकङमा दर्ता भएको तर उत्पादक कम्पनीले नचिन्ने साउथ चाइना एक्जिम कम्पनीले सेकेन्ड ह्यान्ड वा वर्षौँ पुरानो स्टकको गाडी किनेर पनि काइरोस इन्टरनेसनललाई बिक्री गर्न सक्छ।

यसको नियमन हुन कठीन हुने भएकाले नै सरकारले उत्पादक कम्पनी वा उसले तोकेको कम्पनीबाट मात्र सवारीसाधन खरिद गरेरर आयात गर्न सक्ने व्यवस्था गरेको हो। यही व्यवस्थाको खिल्ली उडाउँदै राकेश अडुकियाको कम्पनीले उपभोक्तालाई सर्भिसको वेवास्ता गरेर विदेशी मुद्रा अजचलसम्मको काम गरिरहँदा राज्यका निकायहरू मौन छन्। 

भन्सारको मात्र नभइ वाणिज्य विभागले समेत गम्भीर त्रुटी गरिरहेको पाइएको छ। यस्तो किर्ते आधिकारिक बिक्रेतालाई वाणिज्य विभागले सामान्य चासो समेत नराखी एजेन्सी दर्ता गर्नुले आर्थिक चलखेलको सम्भावनासमेत देखिएको छ।

ज्यागुअर ल्यान्ड रोभरका कार विगतमा आधिकारिक बिक्रेता नियुक्त भएर आइरहेको थियो। विगतमा आएको आधिकारिक बिक्रेताको विवरण हेर्दा थाहा हुने विषयमा वाणिज्य विभागले आँखा चिम्लिएर साउथ चाइन एक्जिमबाट काइरोसलाई दिइएको किर्ते आधिकारिक बिक्रेतालाई मान्यता दिएको देखिएको छ। 

उत्पादक कम्पनीले आधिकारिक बिक्रेता नदिएकाले काइरोस इन्टरनेसनलले साउथ चाइना एक्जिम लिमिटेडसँग किर्ते आधिकारिक बिक्रेता बनाएर ल्यान्ड रोभरका कार ल्याएको छ। साउथ चाइना एक्जिम लिमिटेडलाई जेएलआरले गाडी निर्यातका लागि कुनै अनुमति दिएको छैन। 

विगतको अनुभवबाट पाठ सिकेर सरकारले सवारी आयातका लागि बलियो कानूनी व्यवस्था बलियो बनाएको हो। सवारीसाधन खरिदका लागि विदेशी मुद्रा खर्चनु पर्ने भएकाले त्यसको दुरुपयोग नहोस्, अन्डर इनभोइस नहोस्, नागरिकले सवारीमा गरेको लगानी सुनिश्चित होस् र सवारी आयातकर्ताले बिक्रीपछिको सेवा र स्पेयरपाट्र्स पाउने अवस्थाको सुनिश्चितता होस् भनेर कसिलो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

सोहीअनुसार नेपालमा आयात हुने अधिकांश सवारीसाधन ब्रान्डहरू उत्पादकले तोकेको आधिकारिक बिक्रेतामार्फत नै आयात हुँदै आएका छन्। तर पछिल्लोपटक उत्पादक कम्पनीसँग कुनै साइनोरसम्बन्धै नभएको कम्पनीसँग नेपाली कम्पनीले आधिकारिक बिक्रेताको ‘किर्ते’ कागजात पेश गर्ने र नेपालमा एजेन्सी दर्ता गरेर अवैध कामलाई वैध बनाउने प्रयास भइरहेको छ। राकेश अडुकियाले ल्याएका टेस्ला, अउडी पोर्सा र ल्यान्ड रोभर सबै ब्रान्डका कार किर्ते आधिकारिक बिक्रेताको कागजात बनाएरै आयात भइरहेका छन्। 

काइरोस इन्टरनेसनल प्रालिले जेएलआरले उत्पादन गरेको ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्ट्स मोडलको कार ल्याउन उसले एसली खोल्नु अघि नै यातायात व्यवस्था विभागबाट आयातको अनुमति लिँदै आएको छ।

काइरोस इन्टरनेसनल तथा राकेश अडुकियाको कम्पनीले एलसी खोल्न जाँदा बैंकहरूले सुरुमै आयातको अनुमति ल्याउन अनिवार्य गरेका छन्। यो भनेको काइरोसले अवैध काम गर्ने भएकाले आयातको सुनिश्चितता होस् भनेर बैंकहरूले आयात अनुमति माग्दै आएका हुन्। अन्य सवारी आयात गर्ने कुनै पनि कम्पनीसँग बैंकहरूले एलसी खोल्नु अघि आयातको अनुमति माग्ने गरेका छैनन्। एलसी खुलेर सवारी भन्सारमा आइपुगेपछि जाँचपास गर्ने बेला वा भुक्तानी दिने बेलामा मात्र आयात अनुमति माग्ने गरेका छन्। 

ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन


प्रकाशित : शुक्रबार, फागुन ९ २०८११४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend