शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

नेप्सेमा झिनो अंकको मात्रै बृद्धि, कारोबार रकम घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २८ २०७८
नेप्सेमा झिनो अंकको मात्रै बृद्धि, कारोबार रकम घट्यो

साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक सानो अंकमात्रै बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ०.२७ अंक बढेर २९४७.६९ विन्दुमा पुगेको छ।

काठमाडौं-साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक सानो अंकमात्रै बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ०.२७ अंक बढेर २९४७.६९ विन्दुमा पुगेको छ।

साेमवार दिन सेन्सेटिभ इण्डेक्स ०.५५ अंक, फ्लोट इण्डेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक बढेको हो।  

आइतबार अघिल्लो दिन ९ अर्ब ४४ करोडको सेयर खरिदबिक्री भएको बजारमा सोमबार २२६ कम्पनीको ९३ हजार २१८ पटकको कारोबारमा ९ अर्ब २९ करोड ५ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ५६ लाख ८१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सोमबार तीन कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ। कारोबारमा आएको अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशत बढेको हो। 


प्रकाशित : सोमबार, भदौ २८ २०७८१०:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend