शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

'दसैँका लागि नयाँ नोट साट्न लाइन बस्नु नपर्ने'

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २८ २०७८
'दसैँका लागि  नयाँ नोट साट्न लाइन बस्नु नपर्ने'

दसैँका लागि यसपटक नयाँ नोट सहज रुपमा साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा विगतका वर्षमा भन्दा नयाँ सहज रुपमा गर्ने गरि आवश्यक तयारी गरेकाे छ।

काठमाडौं- दसैँका लागि यसपटक नयाँ नोट सहज रुपमा साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा विगतका वर्षमा भन्दा सहज रुपमा गर्ने गरि आवश्यक तयारी गरेकाे छ।

कोभिडलाई ध्यान दिँदै नयाँ नोट सहटी सुविधा लिन चाहने ग्राहकलाई जुनसकै बैंक तथा वित्तीय संस्थाको जुनसुकै शाखाबाट उपलब्ध गराउने गरी व्यवस्था गरेको राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेलले जानकारी दिए। 'कोभिडको समयमा नयाँ नोटकै लागि भिडभाड गर्नु नपर्ने गरी व्यवस्था मिलाएका छौँ, त्यसैले हतार नगरी, नआत्तिइकन काम गर्नुहुन आग्रह छ' उनले भने। 

उनका अनुसार यस पटक जसले जति माग गर्छ सोही अनुसानर नयाँ नोट उपलब्ध हुन्छ। ‘विगतका वर्षमा राष्ट्रबैंकले नयाँ नोट सटहीका लागि सूचना प्रकाशन गर्ने गरेको थियो', उनले भने,  ‘यसपटक भने नयाँ नोट सटहीका लागि राष्ट्र बैंकबाट इजाजत लिएका सबै वित्तीय संस्थामा जानकारी पठाइसकिएको छ। अब बैंक तथा वित्तीय संस्थाले केही दिनपछि नोट सटही सुविधा दिन थाल्ने छन्।’ 

विगतका वर्षजस्तो नोट सटही गर्दा लाइन बसेर दु:ख पाउनु नपर्ने साथै बैंक तथा वित्तीय संस्थाले पनि आवश्यक मात्रामा नयाँ नोट लगिसकेकाले सर्वसाधारणलाई समस्या नपर्ने उनको भनाइ छ। 

 


प्रकाशित : सोमबार, भदौ २८ २०७८०७:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend