शनिबार, साउन १२ गते २०८१    
images
images
images

गुण एयरलाइन्सले बुझायो सिम्रिक एयरलाइन्सको नाममा रहेको बक्यौता

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २८ २०७८
images
images
गुण एयरलाइन्सले बुझायो सिम्रिक एयरलाइन्सको नाममा रहेको बक्यौता

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले गुण एयरलाइन्सले सिम्रिक एयरलाइन्सको नाममा रहेको विमानस्थल सेवा शुल्क वापतको बक्यौता रकम भुक्तानी गरेको छ।

images

काठमाडौं- गुण एयरलाइन्सले सिम्रिक एयरलाइन्सको नाममा रहेको विमानस्थल सेवा शुल्क वापतको बक्यौता रकम भुक्तानी गरेको छ।

images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले गुण एयरलाइन्सले सिम्रिक एयरलाइन्सको नाममा रहेको विमानस्थल सेवा शुल्क वापतको बक्यौता रकम भुक्तानी गरेको जानकारी दिए।

images

‘एयरलाइन्सले अधिकांश सबै बक्यौता भुक्तानी गरेको छ’, उनले भने, ‘दुई पक्षीय रुपमा विवाद भएका केही रकम भने पछि सहमित गरिने  छ।’

२०७६ चैत देखि उडान बन्द गरेको सिम्रिक एयरलाइन्सको बक्यौता सवा २ करोडभन्दा बढी थियो। सिम्रिक एयरलाइन्सको नाम परिर्वतन गरेर अहिले गुण एयरलाइन्स बनाइएको हो। सिम्रिकको नाममा रहेको बक्यौता भुक्तानी नभएसम्म प्राधिकरणले गुणलाई उडान गर्न नदिने भन्दै आएको थियो।

images

गुण एयरलाइन्सले केही दिनभित्रै आन्तरिक उडानमा फर्कने तयारी गर्दै प्राधिकरणसँग अनुमति मागेको छ। सोही अनुसार एयरलाइन्सले पनि तयारी गरिरहेको छ।

गुणसँग अहिले ७ वटा जहाज भएको छ। जसमा २ वटा सिम्रिकमा नाममा रहेको विचक्राफ्ट जहाज र यती एयरसँग किनेको ५ वटा जेट स्ट्रिम जहाज रहेको छ।

प्राधिकरणबाट एओसी लिन काम अन्तिम चरणमा पुगेको एयरलाइन्सले जनाएको छ। अनुमति पाएसँगै नियमित आन्तरिक हवाइ सेवा सुरु गर्ने गरी तयारी पूरा भएको एयरलाइन्सले जनाएको छ।

उडान सञ्चालनको तयारीमा तीब्र रुपमा अगाडि बढेको गुण एयरलाइन्सका प्रवक्ता एवम् बजार तथा बिक्री प्रज्वल प्रमुख  थापाले बताए।

उडानको सुरुवातमा काठमाडौंबाट पोखरा, भरतपुर र तुम्लिङटार हुने एयरलाइन्सले जनाएको छ। दोस्रो चरणमा सिमरा, भैरहवा,  जनकपुर, नेपालगन्ज र विराटनगर को लागि उडान तयारी भएको थापाले बताए।


प्रकाशित : सोमबार, भदौ २८ २०७८०७:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend