सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

जिल्लाको आदेश बदर गर्दै रवि लामिछानेलाई थुनामा पठाउने उच्चको आदेश

शुक्रबार, चैत २२ २०८१
जिल्लाको आदेश बदर गर्दै रवि लामिछानेलाई थुनामा पठाउने उच्चको आदेश

काठमाडौं- जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ। 

यसअघि जिल्ला अदालतले एक करोड धरौटीमा छाड्ने आदेश गरेकोमा उच्चले त्यसलाई बदर गरेको हो।

सुप्रिम सहकारी ठगीको मुद्दामा जिल्लाको आदेशविरुद्ध परेको निवेदनमा उच्च अदालतका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो। 

साथै छविलाल जोशीको हकमा जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्ने आदेश उच्चले गरेको छ।


प्रकाशित : शुक्रबार, चैत २२ २०८१२०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend