बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

नेपाली बजारमा सुनको मूल्य फेरि उच्च बिन्दुमा, तोलाको १ लाख ७९ हजार ७ सय रुपैयाँ

images
मंगलबार, चैत १९ २०८१
images
images
नेपाली बजारमा सुनको मूल्य फेरि उच्च बिन्दुमा, तोलाको १ लाख ७९ हजार ७ सय रुपैयाँ
images
images

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। गएको शुक्रबारयता हरेक दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाइरहेको छ। 

images
images

हिजो सोमबार प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार १ लाख ७९ हजार ७ सय रुपैयाँ पुगेको छ। 

images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँको कीर्तिमानी मूल्यमा कारोबार भएको सुन गएको आइतबार पनि प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँको उच्च मूल्यमा पुगेको थियो।

images
images

अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ। 

गएको मंसिरमा सरकारले सुन र चाँदीको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै मूल्य व्यापक घटेको थियो। त्यसयता पुन: बढ्न थालेको मूल्य अहिले लगातार उच्च बिन्दुमा पुगेको हो। यसअघिको चैत ६ र ७ गते प्रतितोला १ लाख ७६ हजार रुपैयाँको उच्च मूल्यमा पुगेको सुनले गएको शुक्रबार, आइतबार, सोमबार र आज मंगलबार पनि लगातार उच्च मूल्य भेटेको हो। 

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च, विश्व व्यापारमा अनिश्चितता बढ्दा सुनमा बढ्दैछ आकर्षण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च, विश्व व्यापारमा अनिश्चितता बढ्दा सुनमा बढ्दैछ आकर्षण


प्रकाशित : मंगलबार, चैत १९ २०८११०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend