शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

लगातार बढ्दै सुनको मूल्य कीर्तिमानी बिन्दुमा

सोमबार, चैत १८ २०८१
लगातार बढ्दै सुनको मूल्य कीर्तिमानी बिन्दुमा

अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। गएको शुक्रबारयता हरेक दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाइरहेको हो। 

आज सोमबार प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च १ लाख ७७ हजार ९ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबार प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँको कीर्तिमानी मूल्यमा कारोबार भएको सुन हिजो आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँको उच्च मूल्यमा पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ। 

गएको मंसिरमा सरकारले सुन र चाँदीको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै मूल्य व्यापक घटेको थियो। त्यसयता पुन: बढ्न थालेको मूल्य अहिले उच्च बिन्दुमा पुगेको हो। यसअघिको चैत ६ र ७ गते प्रतितोला १ लाख ७६ हजार रुपैयाँको उच्च मूल्यमा पुगेको सुनले गएको शुक्रबार, आइतबार र आज सोमबार पनि लगातार उच्च मूल्य भेटेको हो। 

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

अन्तर्राष्ट्रिय बजारमा आज सोमबार सुन प्रतिऔन्स ३ हजार १ सय १४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च, विश्व व्यापारमा अनिश्चितता बढ्दा सुनमा बढ्दैछ आकर्षण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च, विश्व व्यापारमा अनिश्चितता बढ्दा सुनमा बढ्दैछ आकर्षण


प्रकाशित : सोमबार, चैत १८ २०८१११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend